नेपालबाट बालकको अपहरण, १० घण्टापछि भारतबाट सकुशल उद्धार
सुनसरी । कोसी गाउँपालिका–७ नेपाल–भारत सीमा नजिकैबाट अपहरणमा परेका १३ वर्षीय बालकलाई प्रहरीले सकुशल उद्धार गरेको छ। अपहरणमा संलग्न रहेको आरोपमा भारत सुपौल ग्राम पञ्चायत बलबदैपुर–६ बैरयाकमाल बस्ने मुकुम मियाँलाई प्रहरीले पक्राउ गरेको छ।
बालक अपहरणमा परेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले भारतीय प्रहरी समेतको सहयोगमा खोजी गर्ने क्रममा मियाँले अपहरण गरी घरमा राखेको अवस्थामा फेला पारी ती बालकको उद्धार गरेको हो।
मियाँ नेपालबाट भारततर्फ नेपाली ज्याला मजदुरी गर्ने कामदारहरु लैजाने ठेक्दार रहेकोमा मियाँलाई नेपाली कामदारहरु १५-२० जनाको संख्यामा उपलब्ध गराइदिन्छु भनी नेपालतर्फ सुनसरी कोसी-७ बस्ने भुल्टन सदा लगायत पाँचजनाले अग्रिम २ लाख पैसा भुक्तानी लिई कामदार नपठाएपछि मियाँलगायतको समूहले भुल्टन सदाको गाउँका ती बालकलाई अपहरण गरी कुटपिटसमेत गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
अपहरणमुक्त भएका ती बालकलाई अभिभावकको जिम्मा लगाउनुका साथै मियाँउपर अपहरण तथा शरीरबन्धक शीर्षकअन्तर्गत थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ।
काठमाडौं । चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण सफलतापूर्वक भएको छ । जाजरकोट जिल्ला कुशे गाउँपालिका–९ का ४७ वर्षीय भरतविक्रम शाहीको कलेजका चिकित्सकले अठार घण्टा लगाएर शाहीलाई कलेजो प्रत्यारोपण गरिएको हो । कलेजद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कलेजका कार्यकारी निर्देशक प्रताप देवकोटाले शाहीलाई उहाँकी धर्मपत्नी कमलादेवीले ६० प्रतिशत कलेजो प्रदान गर्नुभएको थियो ।
अस्पतालका विषेशज्ञ चिकित्सक सर्जन डा सञ्जयकुमार यादव, डा एकानन्द सिंह, डा जयन्तकुमार शाह, हेपाटोलोजी डा सागर पौडेल, डा वरुण श्रेष्ठ, एनेस्थेसिया डा किरण अधिकारी, डा नवीन यादव, डा सुरेश गौतम, डा वीरेन्द्र राउत, रेडियोलोजिष्ट डा दीपक अधिकारी, डा सुवास ओझासहितका टोली प्रत्यारोपणमा सहभागी हुनुहुन्थ्योे ।
प्रत्यारोपणमा भारतको एपोलो अस्पतालका विषेशज्ञ चिकित्सकको सहभागिता रहेको थियो । कार्यकारी निर्देशक देवकोटाका अनुसार सिरोसिस् अफ लिभरको सी चरणमा पुगेका बिरामीलाई कलेजो प्रत्यारोपण गरिएको हो । काठमाडौँमा कलेजोको जाँच तथा उपचार गराउँदै आउनुभएका शाही दुई साताअघि मात्रै चितवन मेडिकल कलेज आउनुभएको जनाइएको छ । सिरोसिस् अफ लिभरको ‘ए’ ‘बि’ ‘सि’ चरणमध्ये शाही ‘सी’ चरणमा पुगेको जनाउँदै डा यादवले भन्नुभयो,
कलेजलो दाता कमलादेवीको स्वास्थ्यमा सुधारपछि उहाँलाई यही असार २७ गते नै अस्पतालबाट घर पठाइएको छ । शाहीको स्वास्थ्य अवस्था सुधार हुँदै गइरहेको चिकित्सक यादवको भनाइ छ । उहाँले भन्नुभयो, “अहिलेकै गतिमा सुधार भए आगामी साता उहाँलाई समेत घर पठाउन सकिने अवस्था छ ।”
उहाँले अगाडि भन्नुभयो, “दुई देखि तीन महिनामा दुबै जनामा कलेजोको अवस्थामा वृद्धि भएर ९० देखि ९५ प्रतिशत पलाएर आउछ । उहाँहरू दुबै जना सामान्य जीवन बिताउन सक्नुहुन्छ ।”पत्रकार सम्मेलनमा हेपाटोलोजी डा पौडेलले प्रत्यारोपणका क्रममा झण्डैं १३ युनिट रगत खर्च भएको जानकारी दिनुभयो । सो कलेजले दोस्रो प्रत्यारोपण सफल गरेको हो । उहाँले अघिल्लो प्रत्यारोपणमा एक÷दुई युनिट रगतले नै पुगेको बताउनुभयो ।
बिरामी शाहीको कलेजोमा रगत जानै नसक्ने ‘ब्लकेज’ अवस्थामा रहेको जनाउँदै उहाँले भन्नुभयो, “सिरोसिस् भएका १० देखि १५ प्रतिशत बिरामिमा यस्तो समस्या हुन्छ ।” कलेजोको अन्य समस्या भएपछि गरिने प्रत्यारोपणमा भन्दा यस्तो समस्यामा प्रत्यारोपण गराउनु निकै जटिल भएको उहाँको भनाइ छ ।
यस अस्पतालमा हाल दैनिक १५ कलेजोका बिरामी उपचारका लागि आउने गरेको सो अवसरमा जानकारी गराइयो । तीमध्ये १० देखि २० प्रतिशत बिरामीको कलेजो प्रत्यारोपण गर्नुपर्ने देखिने गरेको छ । कलेजले यसअघि काठमाडौँकी धनकुमारी तामाङ्को कलेजो प्रत्यारोपण गरेको थियो ।