समाचार

तिब्र गतिको ट्रकले स्कुटरलाई ठक्कर दिँदा सुशान्त र विभिषणको ज्यान गयो

इनरुवा, २१ असोज – सुनसरीको इटहरी उपमहानगरपालिका–१६ लायन्स क्लब चोकमा सवारी दुर्घटनामा परेर गए राति दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा इनरुवा–२ का २५ वर्षीय सुशान्त भट्टराई र सङ्खुवासभा चिचिला–२ का २० वर्षीय विभिषण विक रहेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को२०प ६७४७ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको ना६ख ५६८१ नम्बरको ट्रकले ठक्कर दिँदा दुवै जना गम्भीर घाइते भएका थिए । घाइते दुवै जनालाई उपचारका लागि कोशी अस्पताल विराटनगर लैजाने क्रममा बाटामै मृत्यु भएको प्रहरीले जनाएको छ ।व परीक्षणका लागि कोशी अस्पताल विराटनगरमा राखिएको छ । ट्रक र चालक मकवानपुर हेटौँडा उपमहानगरपालिका–९ का ३१ वर्षीय अर्जुन गिरी प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो । (रासस)

गत भदौ २१ गते सङ्खुवासभाको मादी नगरपालिका– १ उम्लिङ खोला गाउँमा भएको छ जनाको हत्यामा संलग्न अभियुक्तलाई पक्राउ गर्ने दुई प्रहरी पुरस्कृत भएका छन् । उम्लिङ खोला गाउँमा भएको छ जनाको सामूहिक हत्याकाण्डको सफल अनुसन्धान गर्ने इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडा र प्रहरी सहायक निरीक्षक रुद्र खड्कालाई नगद रु एक लाखसहित पुरस्कृत गरिएको हो ।

प्रदेश नं १ प्रदेश प्रहरी कार्यालयले ६६औँ प्रहरी दिवसका अवसरमा प्रहरी निरीक्षक खतिवडा र प्रहरी नायब निरीक्षक खड्कालाई नगद रु ५०÷५० हजारसहित परस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो ।

खोलागाउँका एकै परिवारका छ जनाको हत्या घटनाको सफल अनुसन्धान गरी हत्यामा संलग्न पाँच जना अभियुक्तलाई पक्राउ गर्न उहाँहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रहरी नायब उपरीक्षक सुवेदीले बताउनुभयो । प्रहरीले छ जनाको हत्या काण्डका मुख्य योजनाकार खड्गबहादुर कार्की, हस्तबहादुर कार्की, रणबहादुर कार्की, लोकबहादुर कार्की र नरेश कार्कीलाई पक्राउ गरेको थियो ।
घटनास्थलमा संंलग्नलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भई आम नागरिकलाई सुरक्षाको अनुभूति हुने गरी नागरिकसमक्ष प्रहरीको छवि उच्च बनाउनुका साथै सर्वसाधारणमा शान्तिसुरक्षाको अनुभूति अभिवृद्धि गर्नेतर्फ प्रशंसनीय कार्य गरेकाले प्रदेश प्रहरी कार्यालय विराटनगरले रु एक लाख राशिको साधनादेवी प्रहरी पराक्रम पुरस्कारले पुरस्कृत गरिएको प्रनाउ सुवेदीले जानकारी बताउनुभयो ।

गत भदौ २१ गते बिहान मादी–१ उम्लिङ खोला गाउँस्थित ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति आठ वर्षीय दीपेन कार्की र नातिनी पाँच वर्षीया गोमा कार्कीको सामूहिक हत्या भएको थियो ।

प्रतिकृया दिनुहोस

Editतिब्र गतिको ट्रकले स्कुटरलाई ठक्कर दिँदा सुशान्त र विभिषणको ज्यान गयो

इ’न्जेक्सन लगाउने बित्तिकै आमासँग गफ गर्दै बसेकी तीन बर्षीया बालिकाको मृ’त्यु, पाँचथर अस्पताल दिनभर त’नावग्रस्त
पाकिस्तानमा शक्तिशाली भूकम्पः २० को मृ,त्यु, दर्जनौं घा,ई,ते

Related Articles

Back to top button