फार्मभित्र छिरेर चितुवाले ६ बाख्रा मा-यो
कञ्चनपुर, असोज २१। कञ्चनपुरमा चितुवाले फार्मभित्र छिरेर बाख्रा मारेको छ। बेदकोट नगरपालिका–९ सुन्दरपुरका जयसिंह धामीको फार्ममा रहेका ६ वटा बाख्रा गएराती चितुवाले मारेको हो । २ वटा बाख्रा मध्ये अन्य ६ वटा बाख्रा भने सकुशल रहेका छन् ।
व्यावसायिक रुपमा फार्म सञ्चालन गर्दै आउनुभएका धामीले चितुवाले बाख्रा मार्दा रु एक लाख २५ हजार बढीको नोक्सानी भएको बताउनुभयो । रु ६ लाख लगानी गरी धामीले फार्ममा बङ्गुर र बाख्रा पालन गर्दै आउनुभएको छ । फार्ममा पालिएका २० वटा बङ्गुर पनि सकुशल रहेका छन् ।
काभ्रेकी १६ वर्षीया किशोरी दुई वर्षअघि एक पुरूषसँग काठमाडौं आइन्। काठमाडौंमै उनले छोरा पनि जन्माइन्। अहिले उनका छोरा ११ महिनाको भएका छन्। उनले ओखलढुङ्गाका एक पुरूषसँग विवाह गरेकी थिइन्। एउटी साथीमार्फत् भेट भएपछि काठमाडौंमा विवाह गरेर आरूबारीमा डेरा गरी बस्न थालेका थिए।
छोरा जन्मिएपछि श्रीमान पनि एकाएक हराए। कहाँ गए, के गर्दै छन् उनलाई पनि थाहा छैन। उनलाई आफ्नो श्रीमान अर्कै केटीसँग पो गए कि भन्ने लाग्छ। सम्पर्कविहीन भएको पनि ३-४ महिना भइसक्यो। प्रहरीलाई पनि खबर गरेको उनी बताउँछिन्।
सुत्केरी भएदेखि आमाबुवा पनि काठमाडौंमै छन्। श्रीमान सम्पर्कविहीन भएपछि उनको आम्दानीको स्रोत पनि बन्द भयो। उनलाई पैसा पनि चाहिएको थियो। अनि उनले काम गर्ने कुरा बुवालाई सुनाइन्।
बुवाले अहिले नै काम नगर्न भनेका थिए। उनले जिद्दी गरेपछि बुवाले पनि काम गर्न अनुमति दिए। बुवाले चिनेका नुवाकोट घर भई काठमाडौंको मूलपानी तिवारीटोलमा बस्ने ३३ वर्षीय रामशरण गोतामेसँग सम्पर्क गरे।
ज्यामीको काम गर्न गत असोज १० गते उनी रामशरणको घर गइन्। उनले त्यहाँ रामशरणकी श्रीमती सीतालाई भेटिन्। उनले त्यहाँ ज्यामी काम गर्न जाँदैछु भन्ने सोचेकी थिइन्। त्यहाँ उनले अरू नै काम गर्नुपर्ने भयो।
सीताले आफ्नो घरमा कोठी सञ्चालन गर्दै आएकी थिइन्। बाध्यताको फाइदा उठाएर उनलाई पनि यौ,’नधन्दामा लगाइन्। ‘म ज्यामी काम गर्न भनेर गएकी थिएँ। सीताले तिमी ज्यामी काम गर्न सक्दिनौ, तिमी मेरो घरमा खाना पकाउने, भाँडा माझ्ने काम गर भन्नुभयो। त्यहाँ जाँदा त्यस्तो काममा लगाउनुभयो,’ उनले भनिन्।
सीताको घरमा गएको पहिलो दिनदेखि नै यौ,’नधन्दामा संलग्न गराएको उनले बताइन्। त्यहाँ उनी जस्तै अरू चार जना पनि किशोरी थिए। उनीहरूलाई पनि सीताले त्यस्तै काममा लगाएकी थिइन्।
ग्राहकबाट उनले पैसा लिएर पीडितको खातामा पाँच सय रुपैयाँ लेखिदिन्थिन्। उनीहरूको हातमा पैसा भने दिन्थिनन्।
ग्राहक आउँदा उनले आफ्नो बच्चा अर्कै पीडितलाई दिन्थिन्।
सीताले आफ्नो घरमा दुई जना १९ वर्षका र एक जना १७ वर्षीया किशोरीलाई डेरामा राखेजसरी नै राखेकी थिइन्। प्रहरीले सुइँको नपाओस् भनेर उनले यस्तो जुक्ति लगाएकी थिइन्।
उनीहरू सबैलाई सीताले अरू नै कामको प्रलोभन दिएर यौ,’नधन्दामा लगाएको प्रहरीसमक्ष बताएका छन्।
बाध्यतामा परेकी किशोरीलाई सीताले लगेर घरमा काम दिने भन्दै राख्थिन्। तर त्यहाँ उनीहरूलाई जबरजस्ती यौ,’न धन्दामा लगाइन्थ्यो।
यसबारे त्यहाँका छरछिमेकले प्रहरीलाई खबर नगरेका पनि होइनन्। सिभिल लुगामा प्रहरी नै कति पटक त्यहाँ आइसकेको पनि पीडितहरू बताउँछन्।
सीताले उनीहरूलाई डेरावाल बनाएर राखेकी थिइन् भने कसैसँग यसबारे बताए मा,र्ने ध’म्कीसमेत दिएकी थिइन्। जसकारण पीडितहरू बोल्न डराउँथे। पीडितले नबोलेपछि प्रहरीले थाहा पाउन सकेन। सीता यस्तो काम गर्दिनँ भन्दा ती किशोरीहरूलाई ध,म्की दिन्थिन्।
‘मैले म यस्तो काम गर्दिनँ भन्दा गालीगलौज गर्ने डर, ध,म्की दिने गर्थ्यो। दैनिक ३ देखि ४ जनासम्म बस्नुपर्ने। कुनै दिन काम गर्दिनँ भन्दा ज,बरजस्ती तैंले नगरे कसले गर्छ भनेर डर देखाई बाध्य बनाएर जब’रजस्ती काममा लगाउने गर्थिन्,’ त्यही घरमा डेरा गर्दै बसेकी एक किशोरीले भनिन्। सोही घरमा उनकै दिदी-भिनाजु पनि बस्थे। यो घटनाबारे उनीहरूलाई थाहा नभएको उनी बताउँछिन्।
उनीजस्तै त्यहीँ घरमा बस्नेहरूलाई रासन पनि सीताले नै ल्याइदिन्थिन्। केही सामान चाहिए पनि उनैले ल्याइदिन्थिन्। तर पैसा भने दिँदैन थिइन्।
बरू धेरै खर्च गरेको भन्दै उल्टै ऋण चढाइदिने गरेको पीडितहरू बताउँछिन्। कहिलेकाहीँ धेरै नै आम्दानी भए पनि सीताले हिनामिना गर्ने गर्थिन्।
त्यसरी सीताले तीन किशोरीमाथि ५० हजार, २१ हजार र १९ हजार ऋण चढाएकी थिइन्। उनीहरूका अनुसार सीताले डेराको पनि छुट्टै पैसा काट्ने गर्थिन्।
‘चार हजार कोठा भाडा पनि काट्नुहुन्थ्यो। बत्ती र पानीको छुट्टै,’ अर्की पीडित किशोरीले भनिन्।
–