अमिताभ बच्चन, परिणिती चोपडाको फिल्ममा नेपाली अभिनेत्री परमिताको इन्ट्री
काठमाडौं – नेपाली अभिनेत्री परमिता आरएल राणाले बलिउड फिल्ममा अभिनय गर्ने भएकी छिन्। हाल नेपालमा छायांकनमा भइरहेको बलिउड फिल्म ‘उचाइ’ मा उनले अभिनय गर्न लागेकी हुन्।
अभिनेत्री राणाले सामाजिक संजाल मार्फत सो जानकारी दिएकी हुन्। फिल्म ‘उचाई’मा बलिउडका अमिताभ बच्चन, डेनी डेन्जोङ्पा, अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा, सारिका हसन, नानी गुप्ता लगायतको मसख्य अभिनय रहनेछ।
सुरज बडजात्याले निर्देशन गरिरहेको फिल्मका लागि केही दिन अगाडि अनुपम खेर, परिणिती चोपडालगायत नेपाल आएका छन्। फिल्ममा परमिताको अलवा सरोज लामिछाने, डम्बर बोहरा, उरुशा जोशी, रमेश बज्राचार्य, तेन्जिङ ग्याचो शेर्पा, निरज मुक्तान, नारायण विश्वकर्मा, आयुश सुवेदी, स्नेहा अधिकारी, सरोज प्रजु, आरोन गुरुङ लगायतको समेत अभिनय रहनेछ।
केही दिन काठमाडौंमा छायाँकन भएको फिल्म ‘उचाइ’ युनिट बुधबार लुक्ला प्रस्थान गरेको छ। परमिताले लुक्ला प्रस्थान अगाडि त्रिभुवन विमानस्थलमा फिल्म युनिटसँग खिचेको एक तस्बिर पोस्ट गर्दै आफू केही समयका लागि लुक्ला जान लागेको बताएकी छन्।
उनले ‘चपली हाइट २’ बाट अभिनयमा डेब्यु गरेकी थिइन्। त्यसपछि ‘चंगा चेट’, ‘रोज’, ‘दि कर्मा’लगायत फिल्ममा अभिनय गरिसकेकी छिन्।
सेनाको कल्याणकारी सुविधाअन्तर्गत घर बिदामा जाने बहालवाला सैनिक र उनीहरुका परिवारलाई सो सुविधा दिइएको हो। प्रधान सेनापति प्रभुराम शर्माले आफ्नो पद बहालीसँगै सकल दर्जा र आश्रित परिवारलाई कल्याणकारी सुविधा थप गर्ने घोषणा गरेका थिए।
नेपाली सेनाले दशैंमा आफ्नो गाउँ फर्कन चाहने सैनिकका आश्रित परिवारलाई बस र हेलिकप्टरबाट निःशुल्क रुपमा पठाउन थालेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
असोज १८ देखि नै सेनाका आश्रित परिवारलाई गाडी र हेलिकप्टरमा पठाउन शुरु गरिएको सैन्य प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौड्यालले जानकारी दिएका छन्।
यस्तो सहुलियतपूर्ण यातायात सुविधा असोज २९ गतेसम्म जारी रहने बताइएको छ। जंगी अड्डाले सडकको सहज पहुँच नपुगेका डोल्पा र हुम्ला जस्ता जिल्लामा हेलिकप्टरबाट सेनाका आश्रित परिवारलाई घर पठाएको छ।
अहिलेसम्म हवाई उडानमार्फत ८६ र गाडीबाट ५२० जनालाई गन्तव्यमा लगिएको सैन्य प्रवक्ता पौड्यालले बताए निशुल्क यातायात सुविधा काठमाडौं उपत्यकाबाट बाहिर जाने र उपत्यका बाहिरबाट काठमाडौं फर्किन चाहने सैनिक परिवारले प्रयोग गर्ने पाउनेछन्।
प्रतिक्रिया