समाचार

सापटी दिएको ५ लाख नतिरेपछि अर्काको श्रीमती उडाएको घटनामा मामा-भान्जी पक्राउ

सापटी दिएको ५ लाख नतिरेपछि अर्काको श्रीमती उडाएको घटनामा मामा-भान्जी पक्राउ
प्रकाशित मिति: मंगलबार, आश्विन १९, २०७८ समय: १७:०५:००
10
Shares
facebook sharing button 10messenger sharing buttontwitter sharing buttonwhatsapp sharing buttonprint sharing button

काठमाडौं । सापटी दिएको पाँच लाख रुपैया २ वर्ष हुँदा पनि नतिरेपछि अर्काकी श्रीमती लिएर गएको घटनामा मामा भान्जी पक्राउ परेका छन् । पेट्रोलियम पदार्थ व्यवसायीले आफुले सापटी दिएको पैसा नतिर्ने पुरुषको श्रीमतीलाई ट्याक्सीमा हालेर लिएर गएका थिए । उनलाई ब न्ध क बनाएर राखेपछि पैसा लिएर आएर श्रीमती लैजा भन्दै फोन गरेका थिए ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका–३ स्थित निरमान भोम्जनको डेराबाट निजको श्रीमती अ प ह र ण गरेको आरोपमा प्रहरीले भक्तपुरका धिरोज श्रेष्ठ र उनकी भाञ्जी रसिला अवाललाई पक्राउ गरेको हो । असोज १५ मा चन्द्रागिरी नगरपालिका–३ थानकोटस्थित डेराबाट निरमान भोम्जनकी पत्नीलाई धिरोजले ट्याक्सीमा हालेर लगेका थिए ।

भोम्जनले आफ्नो श्रीमती अ प ह र णमा परेको सूचना प्रहरीलाई दिएपछि उद्दार गरिएको थियो । मध्यपुर ठिमी घर भएका धिरोजले महिलालाई चाँगुनारायण नगरपालिका स्थित सरस्वती खेलमा रहेका भान्जी नाता पर्ने रसिलाको घरमा लगेर ब न्ध क बनाएर राखेका थिए । प्रहरीले महिलालाई असोज १७ मा रसिलाको घरबाट उद्दार गरेको थियो ।

धिरोज पेट्रोलियम पदार्थ व्यवसायी हुन् । उनको अफिसमा काम गर्दा निरमानले ५ लाख रुपैयाँ लगेका थिए । ट्यांकर चालक निरमानले पैसा नतिरेको र आफ्नो अफिस छाडेर सम्पर्कविहीन भएपछि सो पैसा नल्याउँदासम्म पत्नीलाई राजिखुसीमा भाञ्जिको घरमा लगेर राखेको धिरोजले प्रहरीलाई बताएका छन् ।

तेलुगू र तमिल फिल्म उद्योगकी चर्चित अभिनेत्री सामन्था र अभिनेता नागा चैतन्यले आफ्नो सम्बन्ध विच्छेद भएको घोषणा गरिसकेका छन् । चार वर्ष लामो वैवाहिक सम्बन्धपछि दुईले यो निर्णय लिएका हुन् ।

शनिबार सामाजिक सञ्जालमार्फत् सामन्थाले सम्बन्ध विच्छेदबारे घोषणा सार्वजनिक गरेकी थिइन् । सम्बन्ध विच्छेदपछि सामन्थाले भत्ताका रुपमा पचास करोड भारु पाउने खबरहरु प्रकाशित भएका थिए । तर उनले भने यो रकम लिन अस्विकार गरेकी छन् ।

सामन्थाको नजिकका स्रोतअनुसार उनलाई सुरुमा दुई सय करोड भारुभन्दा बढी रकम दिने प्रस्ताव गरिएको थियो, तर आफ्नो सम्बन्ध समाप्त गर्न एक पैसा पनि नचाहिने सामन्थाले बताएकी छन् ।

‘अहिलेको क्षणमा सामन्था दु:खी र विचलित भएकी छिन्,’ उनका स्रोतले भनेका छन्, ‘उनलाई यो विवाहबाट माया र साथको जरुरी थियो । अब सम्बन्ध नै समाप्त भएपछि उनलाई यसबाट अरु केही चाहिँदैन ।’

सामन्था र चैतन्यको प्रेमसम्बन्ध सन् २०१० देखि सुरु भएको थियो । ‘ये माया चेसाबे’ फिल्ममा सँगै काम गर्ने दौरान उनीहरु प्रेममा परेका थिए । उनीहरुले सन् २०१७ मा वैवाहिक सम्बन्ध गाँसेका थिए । सामन्थाले आफ्नो नामबाट नागाको थर हटाएपछि उनीहरुको सम्बन्ध विच्छेदको हल्ला भएको थियो ।

योसँगै यी दुई वैवाहिक परामर्श लिन गएको जानकारी पनि आएको थियो। जसले उनीहरुको सम्बन्धमा समस्या आउन थालेको देखिएको थियो। हिन्दुस्तान टाइम्सका अनुसार चैतन्यसँगको सम्बन्ध बिग्रिएसँगै सामन्थालाई मानसिक आघात भइरहेको छ ।

यो पीडा भुल्न उनी काममा मात्र ध्यान केन्द्रित गरिरहेकी छन् । स्रोतका अनुसार हाल आफ्नो पीडा बढाउने खालका कुनै पनि फिल्ममा काम गर्न चाहिरहेकी छैनन्, किनकी अहिले उनको जीवनमा त्यस्तै स्थिति आइरहेको उनि बताउछिन् ।

अजय देवगन र काजोलको प्रेमपूर्ण यात्राले यस वर्ष दुई दशक टेक्दैछ । छोटोछोटो समयमा छिटोछिटो प्रेमसम्बन्ध भत्किरहने वर्तमान समयमा पनि याे जाेडीकाे सम्बन्ध भने मज्बुत नै छ । त्यसैले उनीहरूलाई बलिउडको आदर्श जोडीका रूपमा लिइन्छ । उनीहरू बिचको प्रेम पहिलो नजरको प्रेम थिएन । पहिलो पटक भेट्दा उनीहरूको मन अन्त कतै जोडिएको थियो । समयले […]
मुम्बई । बलिउड अभिनेत्री शिल्पा शेट्टी बच्चासहित श्रीमान् राज कुन्द्रासँग छुट्टिने योजनामा रहेको समाचार बाहिरिएको छ । शिल्पाका श्रीमान् कुन्द्रालाई १९ जुलाई २०२१ मा पोर्न चलचित्र बनाएको र एपमा रिलिज गरेको आरोपमा अपराध शाखाले पक्राउ गरेको थियो । कुन्द्रा गिरफ्तारीपछि न्यायिक हिरासतमा छन् र लगातार जमानतका लागि कोशिस पनि गरिरहेका छन् । यसले शिल्पाको निजी […]
रसियन मोडल तथा अभिनेत्री अलेक्जान्द्रा जाभी मृत अवस्थामा भेटिएकी छिन् । तामिल फिल्म कञ्चना ३ मा अभिनय गरेकी अभिनेत्री गोवामा आफ्नै निवासमा मृत फेला परेकी हुन् । प्रहरीले अनुसन्धान गर्दा उनले देह त्याग गरेको पाइएको भारतीय मिडियाहरुले बताएका छन् । २४ वर्षकी अभिनेत्रीको मृत्युको का

Related Articles

Back to top button