समाचार

२३ वर्षको उमेरमै निजामती सेवामा उच्च तहको अधिकृत बनिन् रिया, देशभरको प्रतिस्पर्धामा १५औं नम्बरमा

२३ वर्षको उमेरमै निजामती सेवामा उच्च तहको अधिकृत बनिन् रिया, देशभरको प्रतिस्पर्धामा १५औं नम्बरमा
प्रकाशित मिति: मंगलबार, आश्विन १९, २०७८ समय: २३:५४:३७
facebook sharing buttonmessenger sharing buttontwitter sharing buttonwhatsapp sharing buttonprint sharing button

भारतका केन्द्रीय लोक सेवा आयोग यूपीएससीले सन् २०२० को निजामती सेवा परीक्षाको नतिजा सार्वजनिक गरेपछि अहिले एक युवती भारतमा चर्चामा छिन् ।

उमेर र जिम्मेवारीको हिसाबले उनी भारतमा भाइरल नै भएकी छिन् । आयोगले २०२० को अन्तिम नतिजा सार्वजनिक गरेलगत्तै उनको चर्चा उत्कर्षमा पुगेको हो ।

लोकसेवा आयोगको परीक्षामा २३ वर्षको उमेरमै अधिकृत तहमा प्रवेश गरेकी रिया डाबी भाइरल भइरहेकी छिन् । उनले भारतमा १५ औं स्थान हासिल गरेको समाचार एजेन्सीहरूले बताएका छन् ।

सन् २०१६ को यूपीएससी परीक्षामा टपर टीना डाबीकी कान्छी बहिनी हुन् रिया । रियाले २३ वर्षमै आयोगको परीक्षा पास गरेकी छिन् । भारतीय प्रशासनिक सेवा आइएएसमा सफल हुने सबैभन्दा कान्छी प्रतिस्पर्धी हुन् रिया ।

रियाले एक अन्तरवार्तामा आफ्नी आमाबाट प्रेरणा लिने गरेको बताएकी छिन् । आमाले हामी दुवै छोरीहरू आइएएस अधिकृत भएको हेर्ने चाहना राख्नु हुन्थ्यो, म भारतभरमा शीर्ष १५ मा पर्दा उहाँ धेरै खुशी हुनुहुन्छ,’ रियाले भनिन् ।

टीना र रियाकी आमा हिमानी डाबी पनि छोरीहरूको प्रगति देखेर खुशी छिन् । दुईटै छोरीले आफूलाई खुशी र सम्मान दिएको उनले बताइन् । रियाले लेडी श्रीराम कलेज, दिल्लीबाट सन् २०१९ मा राजनीति विज्ञानमा स्नातक तह पूरा गरेकी हुन् ।

सन् २०१६ की उत्कृष्ट टीनाले दिल्ली विश्वविद्यालयबाट स्नातक तहसम्मको पढाई गरेकी छिन् । रियाका अभिभावक पनि सरकारी कर्मचारी हुन् । रियाले आफ्नी दिदी टीना सधैँ आफ्नो मार्गदर्शक भएको बताएकी छिन् ।

रियाले पहिलोपटक परीक्षामा सहभागी हुँदा नै यो सफलता हात पारेकी हुन् । रिया चित्रकला गर्छिन् । परम्परागत चित्रकलाले यूपीएससी निकै धेरै सहयोग गरेको रियाले बताएकी छिन् ।

सल्यान : शुक्रबार बिहानकाे समय थियाे । शिवजन मावी सितलपाटी सल्यानमा कक्षा १२ काे परिक्षा दिएर बरलाका करिब १७/१८ वर्षका रेखा बुढाथोकी, सुनिता नेपाली, सुशीला नेपाली, मिना परियार र दिपा बुढाथोकी घर फर्किदै थिए । उनिहरू सधै सँगै हिड्ने र मिल्ने साथी हुन्

सितलपाटी र बरला करिब ३ किलाेमिटरकाे दुरीमा पर्छ । उनिहरु स्कुलबाट हिडेरै घर जाने गर्थे । स्कुलमा परिक्षा दिएर राप्ती राजमार्गबाट हिड्दै गएका उनिहरु बरला नपुग्दै भेटिने बाङ्गेसल्ला नेर बस्छन् । सडककाे घारी पिउने पानीकाे धारा छ । उनिहरु पानी खाएर सडककाे छेउमा रहेकाे बाङ्गाे सल्लाेकाे मुनी बसेर सितल लिइरहेका हुन् ।

याे बेला बिहानकाे करिब १० बजेकाे थियाे । सडक घुम्ती छ । थारमारेबाट लु २ च ५७०१ नम्बरको भरत बेकरी डेरीकाे डबल क्याप स्कार्पियाे हुइकिएर आउँछ ।

यसरी तिव्र गतिमा आएकाे गाडीलाइ चालकले नियन्त्रणमा लिन सक्दैनन् । अन्तत सडक छेउमा बसेका पाँच जना छात्राहरूमा ठाेक्किएर १० मिटर तल खेतमा पुग्छ । तिव्र गतिमा आएकाे स्कार्पियाेले ठ’क्क’र दिँदा काेहि गाडीसँगै खेतमा पुग्छन् भने काेहि सडक छेउमै पछारिन्छन् । स्कार्पियाे भित्र अन्य यात्रुहरु पनि थिए । तर उनिहरु भने सकुशल छन् ।

दु’र्घटनामा परेका पाँच छात्रा मध्ये २ जनाकाे मृत्यु भएकाे छ भने ३ जनाकाे अहिले नेपालगन्जमा उपचार भैरहेकाे छ । मृत्यु हुनेमा रेखा बुढाथोकी र सुनिता नेपाली रहेका छन् । घाइते सुशीला नेपाली, मिना परियार र दिपा बुढाथोकीकाे उपचार भैरहेकाे छ ।

पाँचै जनालाइ उपचारका लागि नेपालगन्ज लिदै गर्दा २ जनाकाे बाटाेमै मृत्यु भएपछि उनिहरुकाे शव अहिले जिल्ला अस्पताल सल्यानमा ल्याइएकाे छ । यतिखेर बरला गाउँ शाे’कमा डुबेकाे छ । मृतक तथा घाइतेका आफन्तले दाेषिलाइ कडा कारबाही र उचित क्षतिपुर्तीकाे माग गर्दै दिउँसाेदेखि राप्ती राजमार्ग अवरुद्ध गरेका छन् । गाडी धनि सम्पर्कमा ल्याएर सहमति गर्ने प्रयास प्रहरीले गरेकाे जनाएकाे छ । स्रोत लेकाली अनलाइन बाट

Related Articles

Back to top button