दसैं मान्न घर गएका एक जना नदिमा बेपत्ता अर्काको शव फेला पर्यो
दसैं मान्न घर गएका एक जना नदिमा बेपत्ता अर्काको शव फेला पर्यो
October 5, 2021 admin ebihaniसमाचारNo Commenton दसैं मान्न घर गएका एक जना नदिमा बेपत्ता अर्काको शव फेला पर्यो
काठमाडौ । दसैं मनाउन घर गएका एक युवक नदिमा बेपत्ता भएका छन् । एक जनाको शव फेला परेको छ । बर्दियाको बबई नदीमा डुबेर सोमबार दुई जना नदिमा डुवेका थिए । एक जनाको शव फेला परेको हो भने अर्का एक व्यक्ति बेपत्ता भएका छन् ।
बागलुङ घर भएका हुकुम विकको डुबेर मृत्यु भएको हो । बारबर्दियाका लेखनाथ पौडेल नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए । बेपत्ता पौडेलको खोजी गर्न बबई नदी तटिय क्षेत्रमा प्रहरी परिचालन गरिएको छ ।
उनको खोजीमा नदी तटीय क्षेत्रका बासिन्दा समेत जुटेका छन् । उनीहरु दशैं मनाउन घर गएका थिए । बारबर्दियाका लेखनाथसंग हुकुम पनि गएका थिए । बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनीहरू नदीमा नुहाउन गएको प्रहरीको भनाइ छ ।