सुतेको बेला आमाको मृ’त्यु भएपछि मम्मी सुतिरहनुभएको छ भन्दै दुई बालिका लामो समय श’वसँगै बिताए…
सुतेको बेला आमाको मृ’त्यु भएपछि मम्मी सुतिरहनुभएको छ भन्दै दुई बालिका लामो समय श’वसँगै बिताए…
प्रकाशित मिति: मंगलबार, आश्विन १९, २०७८ समय: २२:३१:०५
27
Shares
facebook sharing button 27messenger sharing buttontwitter sharing buttonwhatsapp sharing buttonprint sharing button
रेनेस, फ्रान्स- उत्तरपश्चिमी फ्रान्समा अचानक मृ’त्यु भएकी आमाको श’व लिएर ५ र ७ वर्षका दुई बहिनीले केही दिन एउटा अपार्टमेन्टमा बिताएका भेटिएको क्षेत्रीय अ’भियोजनकर्ताले शनिबार बताएका छन् ।
“शान्त रहुनुहोस्, मम्मी सुतिरहनुभएको छ,” प्रहरीले महिला र बालबालिकाबारे जानकारी लिन पुग्दा बालिकाहरूले बताएका प्रत्यक्षदर्शीले एएफपीलाई जानकारी गराए ।
मानस शहरमा बुधबार लामो अनुपस्थितिपछि विद्यालयबाट जानकारी गराएपछि उनीहरूको अपार्टमेन्टमा आएका प्रहरी अधिकारीहरूलाई बालिकाहरूले नचलाउन भनेका बताएको अभियोजनकर्ताको कार्यालयले बतायो ।
त्यसपछि सुरक्षा अधिकारीले आफूहरूले ममीसँग भेटेर जाँने बताएपछि बालिकाहरूले ढोका खोलिदिएका थिए । परीक्षणपछि ती महिलाको केही दिन पहिले नै मृ’त्यु भएको बताएका थिए ।
सन् १९९० मा आइभोरी कोस्टमा जन्मेकी र प्राकृतिक मृ’त्युवरण गरेकी ती महिला केही बर्षदेखि फ्रान्सको मानस सहरमा बस्दै आएकी पत्ता लागेको छ ।
घटनापछि ती केटीहरूलाई अस्पताल लगेर स्याहार केन्द्रमा राखिएको छ भने उनीहरूलाई मनोवैज्ञानिक परामर्श दिइराखिएको छ ।तिनीहरूले आफ्नी मृ’त आमासित अपार्टमेन्टभित्र कति समय बिताएका थिए भन्ने कुरा अझै स्पष्ट हुन नसकेको प्रहरीले बताएको छ ।
मानसकी अभियोजनकर्ता डेल्फिन डेभले एएफपीसँग भनिन्, “हामीले आ’पराधिक स’म्लग्नता (परिकल्पना) लाई इ’न्कार गरेका छौं । अब हामी केही दिन पर्खेर ती सानी छोरीहरूको सा’क्षी बयान लिने कोसिस गर्नेर्छौं ।” (रासस÷एएफपी)