रोचक

सापटी लिएको रकम नदिए पछि भक्तपुरमा एक पुरुषले उठाए अर्काकी श्रीमती

सापटी लिएको रकम नदिए पछि भक्तपुरमा एक पुरुषले उठाए अर्काकी श्रीमती
October 3, 2021 adminदेशNo Commenton सापटी लिएको रकम नदिए पछि भक्तपुरमा एक पुरुषले उठाए अर्काकी श्रीमती

काठमाडौ । आफूले सापटी लिएको रकम नदिए पछि पैसा उठाउन भक्तपुरमा एक पुरुषले अचम्मको तरीका अपनाएका छन् । उनले सापटी लगेको पैसा नदिने ब्यक्तिको श्रीमती उठाएका छन् ।

प्रहरीका अनुसार पेट्रोलियम पदार्थको कारोबार गर्ने एक व्यक्तिले भक्तपुरका धीरज श्रेष्ठसँग दुई वर्षअघि पाँच लाख रूपैयाँ लिएका थिए । जति पटक पैसा मागेपनि उनले दिएनन् ।

आफूले दिएको पैसा पाउने छाँट नदेखेपछि श्रेष्ठले ती व्यक्तिको श्रीमती उठाएका हुन् । उनले ति ब्यक्तिको श्रीमतीलाई ट्याक्सीमा हालेर भक्तपुरको बोडे पुर्‍याएका थिए । त्यसपछि उनले ‘पैसा लिएर आइज, तेरो बूढी लैजा’ भनेको प्रहरी स्रोतले जनाएको छ ।

ब न्ध क बनाएको उजुरीपछि प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भक्तपुरका धीरज श्रेष्ठ छन् । प्रहरी स्रोतका अनुसार करिब २ वर्ष अगाडि श्रेष्ठले पेट्रोलियम पदार्थको कारोबार गर्ने एक व्यक्तिलाई ५ लाख सापट दिएका थिए ।

रकम सापट लिएपछि लकडाउनका कारण उक्त व्यक्तिले ऋण चुक्ता गर्न सकेनन् । आफूले सापट दिएको रकम चुक्ता नभएपछि श्रेष्ठले उक्त व्यक्तिकी श्रीमतीलाई घरबाट नै ट्याक्सीमा हालेर भक्तपुरको बोडे लगेर उनलाई पैसा लिएर आइज भन्दै फोन गरेको प्रहरीले जनाएको छ । फाइल तस्बिर

Related Articles

Back to top button