समाचार

तिमिलाइ समाजको लाजले घर आउन दिएन, मलाइ तिमीबिना समाजमा उपस्थिती देखाउन आएन’ भन्दै बिष पिए

तिमिलाइ समाजको लाजले घर आउन दिएन, मलाइ तिमीबिना समाजमा उपस्थिती देखाउन आएन’ भन्दै बिष पिए
October 2, 2021 admin ebihaniसमाचार / समाजNo Commenton तिमिलाइ समाजको लाजले घर आउन दिएन, मलाइ तिमीबिना समाजमा उपस्थिती देखाउन आएन’ भन्दै बिष पिए

असोज। दाङका लोकप्रिय कार्यक्रम प्रस्तोता तथा सञ्चारकर्मी हेमप्रकाश वलीले निधन भएको छ । शुक्रबार दिउँसो उपचारका क्रममा बाँकेको कोहलपुर मेडिकल कलेजमा वलीको मृत्यु भएको पारिवारीक स्रोतले जानकारी दिएको छ । करिब एक महिना अगाडिसम्म वली तुलसीपुरस्थित एसटीएन टेलिभिजन च्यानलमा बसह मुलक कार्यक्रमका प्रस्तोता थिए ।

वलीले रेडियो तुलसीपुरमा लामो समय काम गरेका थिए । सुरुवाति दिनमा उनी सांगेतिक कार्यक्रमका प्रस्तोता भएर धेरैको मन मुटुमा बस्न सफल थिए । अघिल्लो बर्षसम्म पनि वली रेडियो तुलसीपुरमा समसामयिक बिषय बस्तुमा बिहान दैनिक हुने बहस मुलक कार्यक्रमका प्रस्तोता थिए । समाचार लेखन र बाचनपनि उनको राम्रो दख्खल थियो ।

सुमधुर स्वरका धनि वलीको कार्यक्रम प्रस्तुति सैलीले उनलाई लोकप्रियताको शिखरमा पु-याएको थियो । रेडियो स्थापना कालमा उनी स्रोता माझ निकै लोकपिय थिए । धेरै स्रोता उनको प्रस्तुति सैली र ओझिलो स्वरका फ्यान थिए । सुमधुर गीत संगीतका पारखी वलीको स्वरपनि मिठो थियो । भबिस्यमा गीत गाउने योजना बुन्दा बुन्दै उनको त्यो सपना अधुरै रहेको छ ।

काठमाडौंमा बस्दा समेत उनी मिडियादेखि टाढा रहन सकेनन् । उनले रेडियो स्टारमा समेत समाचार कक्षमा काम गरेका थिए । त्यहाँ रहँदा पनि उनी समाचार बाचन र लेखनको काम गर्थे । त्यसपछि रोजगारीको खोजीमा कोरियासम्म पुगे । फर्किएर तुलसीपुर ६ मा घर निर्माण गरेपछि वली परिवार तुलसीपुर १० पढ्ढा गाँउबाट तुलसीपुरमा बसाई सरेको थियो ।

बिदेशमै छँदा वलीको पहिलो पत्निसंग सम्बन्धमा दरार पैदा भएको थियो । पछिल्लो समय वलीले दोस्रो बिबाह गरेका थिए । तर,यही बीचमा बिगत केही बर्ष यता उनी डिप्रेसनमा पुगे । उनले केही समय त्यसको औषधीपनि सेवन गर्ने गर्थे । केही समय पछि एक पटक परिवारले उनलाई सुधार गृहमा पनि पठाए ।

पछिल्लो समय श्रीमतिसंगको झगडाले उनी कारागार बस्नु परेको थियो । झरौटीमा निस्किएको हप्ता दिन नबित्दै शुक्रबार बिहान तुलसीपुरस्थित एक होटेलमा वलीले बिषादी सेवन गरेको प्रहरीले जनाएको छ । त्यसैले उनलाई उपचारका लागि कोहलपुर लगिएको थियो । त्यही उपचारका क्रममा उनको मृत्यु भयो । पछिल्लो समय उनको प्रिय बस्तु मदिरा बनेको थियो । पारिवारीक स्रोतका अनुसार वलीको पहिलो श्रीमति बाट एक छोरी र अहिलेको श्रीमतिबाट एक छोरा छन् । तर, पहिलो श्रीमति संग कुनै सम्पर्क र सम्बन्ध थिएन ।

बिहानै लेखेका थिए स्ट्याटस

वलीले शुक्रबार बिहानै आफ्नो फेसबुक वालमा आफ्नो प्रेम र प्रेमसम्बन्ध बारे भाबुक स्ट्याटस लेखेका थिए । जहाँ उनले प्रेम बिना आँफू बाँच्न नसकेको निस्कर्षमा उल्लेख गरेका छन् । ‘तिम्लाई समाजको लाजले घर आउन दिएन, मलाई तिमि बिना समाजमा उपिस्थिति देखाउन आएन,’ उनले अगाडि लेखेका छन् ‘ आहा हाम्रो समाज प्रेम ।’ उनले अन्त्यमा आफ्नो प्रेमको निशानीलाई जहाँ हुनु पर्छ त्यही राखिदिन आग्रह पनि गरेका छन् ।

त्यसमा उनले आफ्नो प्रेम सम्बन्ध, समाज र छोराको पनि कुरा उल्लेख गरेका छन् । पछिल्लो झगडा पछि वलीकी श्रीमति माइतीमा बस्दै आएकी थिइन । त्यसैले सानो छोरापनि प्राय आमा संगै बस्दै आएका थिए । तर, केही दिन अगाडि भेट हुँदा वलीले बाबुलाई बिद्यालयबाट आँफूले पनि माया लागेर घरमा लैजाने गरेको बताएका थिए । ताजाखबर बाट

Related Articles

Back to top button