समाचार

बन्दुकसँग सेल्फी खिच्दा…

बन्दुकसँग सेल्फी खिच्दा गो’ली लागेर महिलाको मृ’त्यु
प्रकाशित मिति: बुधबार, साउन १३, २०७८ समय: १२:०१:४५
1.3k
Shares
facebook sharing button 1.3kmessenger sharing buttontwitter sharing buttonwhatsapp sharing button 3print sharing button

भारतको उत्तर प्रदेशमा एक महिलाको सेल्फी खिच्ने क्रममा बन्दुकको गो’लीले लागेर मृ’त्यु भएको छ। टाइम्स अफ इन्डियाका अनुसार २६ वर्षकी राधिका गुप्ताले ससुराको बन्दुकसँग धेरैवटा सेल्फी खिचिसकेकी थिइन्।

तर गो’ली भरिएको बन्दुकको ट्रिगर झुक्किएर थिच्न पुग्दा गत बिहीबार राति उनको मृ’त्यु भएको बताइएको छ। बन्दुकको गोलीले उनको घाँटीमा ठूलो घाउँ बनाएको थियो। अस्पतालमा उनको मृ’त्यु भएको बताइएको छ।

उनले गत मे महिनामा मात्र आकाश गुप्तासँग विवाह गरेका थिए। यो घटनापछि प्रहरीले राजेश गुप्तालाई पक्राउ गरेको छ।राधिकाकी ससुरा राजेशले के प्रयोजनको लागि बन्दुक लोड गरेको भनेर अनुसन्धान भइरहेको छ।

भारतमा अनुमति बिना बन्दुक बोक्न पाइँदैन।

Related Articles

Back to top button