राशिफल

एका बिहानै माता मनोकामना माइको दर्शन गरी हेर्नुहोस असोज १७ गते । आईतबारको राशिफल भेटि स्वरुप एक सेयर गर्नुहोस

एका बिहानै माता मनोकामना माइको दर्शन गरी हेर्नुहोस असोज १७ गते । आईतबारको राशिफल भेटि स्वरुप एक सेयर गर्नुहोस
प्रकाशित मिति: शनिबार, आश्विन १६, २०७८ समय: २१:५८:४६
facebook sharing buttonmessenger sharing buttontwitter sharing buttonwhatsapp sharing buttonprint sharing button

वि.सं.२०७८ साल असोज १७ गते । आईतबार । ईश्वी सन् २०२१ अक्टोबर ०३ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । शरद् ऋतु । श्रीशाके १९४२ । आश्विन कृष्णपक्ष । तिथि–द्घादशी, बेलुकी ०७ बजेर ५९ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र– मघा, रातको ०२ बजेर २३ मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग–साध्य, बेलुकी ०४ बजेर ०२ मिनेट उप्रान्त शुभ । करण– कौलव, बिहान ०८ बजेर ०२ मिनेट उप्रान्त तैतिल, बेलुकी ०७ बजेर ५९ मिनेट उप्रान्त गर । आनन्दादिमा–मुद्गर योग । चन्द्रराशि–सिंह । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५८ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४५ मिनेट । दिनमान २९ घडी ३१ पला । द्वादशीश्राद्ध,मघाश्राद्ध ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समयको ख्याल गरेर अगाडि बढेमात्र आर्थिक स्थिति बलियो हुनेछ । माया प्रेममा सामान्य मनमुटाब सिर्जना भएपनि अन्तत एक अर्कालाई बिश्वास गर्दै छुट्दा मन प्रशन्न हुनेछ । आफ्नो कामलाई निरन्तरता दिनुहोला हल्लाको पछि लाग्दा कामहरु बिग्रन सक्छ । भौतिक सम्पति तथा उपाहार प्राप्तीको योग रहेकोछ । आफन्त तथा सन्तानसँग सामान्य बिषयमा बिवाद हुने योग देखिएकोछ ख्याला गर्नुहोला ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यावसायमा लगानि गरे पति चाहेजस्तो उपलब्धि हासिल गर्न सकिने छैन भने घर जग्गा तथा सवारि साधनको कारोबारबाट सन्तोषजनक आम्दानि गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा प्रतिष्पर्धिहरुनै भन्दा पछि परिने हुनाले पद प्राप्तीको योग टरेर जानेछ । तपाईले बनाएका गोप्य योजनाहरु सार्वजनिक गर्न केहि समय पर्खदा राम्रो हुनेछ भने तपाईले शुरु गर्नुभएको काममा बिभिन्न बाधा तथा अवरोधहरुबको सामना गर्नुपर्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) रोकिएका कामहरु बन्ने तथा नया काम सुरु गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेममा नजिक हुने तथा जीवन साथिको सहयोगले उत्तम काम गर्न सकिनेछ । समस्या समाधानका लागी चालिएका कदमबाट परिणाममूखि नतिजा आउने हुनाले मन प्रशन्न रहनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने मनग्गे आम्दानी हुनेछ । छोटो दुरिको उपलब्धी मुलक व्यावसायिक यात्रा हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अध्ययन तथा अनुशन्धानको क्षेत्रमा दिईएको समयबाट भनेजस्तो नतिजा आउने हुनाले मन खुसि रहनेछ । साना साना कामबाट प्रसस्त आम्दानि हुने हुनाले व्यावसायमा थप लगानि गर्ने बाताबरण बन्नेछ । आफन्त तथा आत्मिय मित्रका साथ रमाईलो बाताबरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेभएपनि स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । माया प्रेममा एक अर्कालाई बिश्वास गर्न सकिनेछ । बोल्दा ख्याल गर्नुहोला तपाईको भनाईलाई गलत तरिकाले ब्याख्या गर्नेहरु सक्रिय हुनेछन् ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) उत्तम बस्त्र,मनपर्ने भोजन तथा बिशेष उपाहार प्राप्तिको योग रहेकोछ । बिभिन्न अवसरले पछ्याउँनेछन् भने चाहेको समयमा कामहरु सम्पन्न हुँने हुँदा आफन्तहरु खुसि हुनेछन् । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन सुखि रहनेछ । राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाईने हुँनाले सार्वजनिक पद पाउँने योग रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) माया प्रेममा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा अबिश्वास बढ्नेछ भने घर परिवार तथा आफन्तजन सँग राय बाजिनेछ । आर्थिक अभावमा बिभिन्न अवसरहरु गुम्नेछन् भने व्यापार व्यावसायमा समय लगानि गरेपनि आम्दानि कमनै हुनेछ । बिद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नु पर्नेछ । मान्यजनहरुको सुझाबलाई हुँबहु लागु गरेर अगाडि बढे केहि मात्रामा लाभ हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) लामो समय देखि रोकिएर बसेका कामहरु बन्नेछन् भने आएस्रोतका नयाँ नयाँ बाटाहरु फेला पर्नेछन् । नयाँ काम गरि मनग्गे लाभ लिन सकिनेछ भने समय र श्रमको उचित मुल्याङकन हुँदा मन प्रशन्न रहनेछ । दाजुभाईको सहयोगले राम्रा तथा परिणाममुखि कामहरु गर्न सकिनेछ । पढाई लेखाईमा क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउँदै सबैको मन आफुतिर आकर्शित गर्न सकिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) नीतिनिर्माण तहमा तपाईको सम्मानजनक उपस्थिति रहनेछ भने आज गरिने निर्णयहरु सबैलाई मान्य हुनेछ । पढाई लेखाईमा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । थप लगानि गरि व्यापार बिस्तार गर्न सकिनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुँनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । गित संगितमा बिषेश रुचि बढ्नेछ भने पारिवारिक जमघटमा सहभागि भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कामहरु बिग्रने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा कमिको महशुष हुनेछ । प्रशासनिक कामकाजमा झन्झटिलो प्रक्रिया अवलम्बन गर्नुपर्नेछ भने सेवा प्रवाह गर्नेहरुले समयमा तपाईको काम नगर्दिनाले महत्वपुर्ण अवसरहरु गुम्न सक्छ । परिवार तथा आफन्तजन लाई समय दिन नसक्दा मनमुटाबको अवस्था सिर्जना हुनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने हुँदा मन चिन्तित रहनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) संकट ब्याबस्थापनका लागी चालिएका प्रयासमा बाधा हुनेछ भने फसाउनेहरु हाबि हुनेछन् । हतार हतारमा काम गर्दा बिग्रन सक्छ होस पु¥याउनु होला । समस्या तथा चुनौतिहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । भौतिक सामाग्रीको प्रयोग गर्दा वा सवारि साधन चलाउदा ध्यान दिनुहोला अप्रिय घट्ना घट्न सक्छ । साथिभाईहरुले नै असहयोग गर्नेछन् भने अरुको स्वार्थको लागि प्रयोग होईनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पारिवारिक तथा ब्याबसायिक यात्राको क्रममा बिभिन्न ठाँउ तथा दृष्यहरुको अबलोकन गर्ने अवसर प्राप्त हुनेछ । प्रेम गर्ने जोडिहरुका लामो समय सँगै बसेर भलाकुसारि गर्न सक्नेछन् । महिला मित्रहरुसँग गरिने कुनै पनि व्यापार तथा आर्थिक ब्याबस्थापनका लागि गरिने कारोबारहरु फस्टाएर जानेछन् । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ भने साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ भने पति पत्निबिच मायाको डोरो कसिनेछ । तपाईको कुभलो साध्ने तथा सत्रुता राख्नेहरु आफै किनारा लाग्नेछन् । न्यायिक निकायबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । पुराना तथा थाति रहेका कामहरु साथिभाईहरुको सहयोगमा समयमानै सकाउँन सकिनेछ भने लेनदेनका मुद्दाहरु सल्टाउँन सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

Related Articles

Back to top button