समाचार

चीनबाट लस्कर लाग्दै नेपाल भित्रिए सय वटा विद्युतीय कार!

चीनबाट लस्कर लाग्दै नेपाल भित्रिए सय वटा विद्युतीय कार!

चीनबाट लस्कर लाग्दै नेपाल भित्रिए सय वटा विद्युतीय कार!

Share
MORE FROM AROUND THE WEB
Mgid
Mgid

Barron Trump Is A Mystery: 7 Little-Known Facts About The Guy
Limelight Media

Surprising Facts About Michelle Obama: You Won’t Believe Them
Limelight Media

She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries
यातायातको पहुँचलाई सरलीकृत गर्न नेपाली व्यापारी तथा व्यवसायीले उत्तरी नाका रसुवागढीबाट चिनियाँ विद्युतीय कार आयात गर्न थालेका छन् ।

PROMOTED CONTENT
Mgid
Mgid

7 Little-Known Facts About Barron Trump
Limelight Media

Make Your Own Product For Your Scalp
Limelight Media

She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries

Best Car Manufacturers In The World
Brainberries
आवाज एवं धुँवारहित चिनियाँ विद्युतीय सेतो रङका कार तीन दिनको अन्तरालमा १०० नेपाल भित्रिएको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ ।

रसुवागढी नाकाबाट आयात भएका ती सवारी साधन नियमानुसार भन्सार प्रक्रिया पूरा गरी क्रमिकरूपले काठमाडौँ लैजाने कार्य अगाडि बढिरहेको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताउनुभयो ।

आयात भएका कारमा पाँच जनासम्मको यात्रा सहज हुने बताइएको छ । कारबाट भन्सार शुल्कबापत रु १० करोड ९८ लाखभन्दा बढी रकम राजस्व असुली भएको छ । धुँवा तथा आवाजरहित भएका कारण नयाँ आयात भएका चिनियाँ कारले सवारी प्रदूषणमा न्यूनीकरण गर्ने र यात्रामा समेत सहज पार्ने जनाइएको छ ।

रसुवागढी नाकाबाट हालसम्म आयात भएका अन्य सवारी साधनमध्ये पछिल्लो समय नेपाल भित्रिएका ती कार नयाँ मोडलका देखिएको प्रमुख भन्सार अधिकृत रेग्मीले जानकारी दिनुभयो ।

डिजेल पेट्रोलजस्ता इन्धनबाट चल्ने अन्य सवारी साधनभन्दा चिनियाँ विद्युतीय कार गुडाउन अत्यन्तै सहज हुने बताइएको छ ।

गत आर्थिक वर्षदेखि हालसम्म करिब ८०० साना ठूला सवारी साधन रसुवागढी नाकाबाट नेपाल भित्रिएको भन्सार अधिकारीले बताउनुभयो । ठूलो सङ्ख्यामा लामबद्ध रूपले सेतो रङका चिनियाँ कार गुड्दा शुक्रबार राजमार्गमा निकै आर्कषण बढेको थियो ।

Related Articles

Back to top button