मनोरंजन

अभिनेत्री सौजन्याको मृत्यु घटनाले लियो नयाँ मोड, प्रेमीलाई यस्तो आरोप लगाउँदै बुवाले दिए उजुरी.

अभिनेत्री सौजन्याको मृत्यु घटनाले लियो नयाँ मोड, प्रेमीलाई यस्तो आरोप लगाउँदै बुवाले दिए उजुरी.
१६ आश्विन २०७८, शनिबार १८:४२No Commenton अभिनेत्री सौजन्याको मृत्यु घटनाले लियो नयाँ मोड, प्रेमीलाई यस्तो आरोप लगाउँदै बुवाले दिए उजुरी.
29
Shares
facebook sharing button Sharetwitter sharing button Tweetpinterest sharing button Pinemail sharing button Email

अभिनेत्री सौजन्याको मृत्यु घटनाले लियो नयाँ मोड, प्रेमीलाई यस्तो आरोप लगाउँदै बुवाले दिए उजुरी

एजेन्सी । चर्चित कन्नड अभिनेत्री सौजन्या शनिवार मृ त फेला परिन् । उनको कोठावाट ४ पेज लामो नोट पनि फेला परेको छ । अभिनेत्रीका बुवाले दिएको नयाँ बयानले घटनामा नयाँ मोड आएको छ । अभिनेत्रीका बुबाले उनका साथी अभिनेता विवेक र सहायक महेश विरुद्ध उजुरी दिएका छन्। कन्नड र तेलुगु साना पर्दाका अभिनेता विवेक र महेशसंग प्रहरीले सोधपुछ शुरू गरीएको छ। प्राप्त जानकारी के अनुसार, सौजन्याका पिता प्रभु मदप्पाले एक वयान दिएका छन् जसमा उनले भनेका छन्, मलाई शंका छ कि विवेकले मेरो छोरीसंग विवाह गर्न दवाव दिइरहेका थिए ।

उनका बुवाको भनाई छ, मेरी छोरी ठीक थिइन्। मैले भर्खरै उनलाई पैसा दिएको थिए। उनको सुनको गहना पनि हराइरहेको छ। महेशले प्रहरी आउनु अघि नै मेरो छोरी जहाँ मृ त फेला परेकी थिइन् त्यहाँवाट अन्यत्रै लगिएको थियो । छोरीको मोबाइल हराइरहेको छ। मोवाइल फेला परेपछि पनि वास्तविकताका बारेमा जानकारी हुनेछ ।

अर्कातिर, आफुलाई लगाइएको आरोपको प्रतिक्रिया दिँदै अभिनेता विवेकले भने, म पोस्टमार्टम रिपोर्टको प्रतिक्षामा छु। अब म केहि भन्दिन। म एक बर्ष भन्दा बढी देखि सौजन्यालाई चिन्छु। उनी मलाई भेट्थिन् जब उनी निरास हुन्थिन् म सहारा बनेको थिए ।

Related Articles

Back to top button