समाचार

तेस्रो पटक पनि छोरी जन्मिएपछि नाबालक छोरी छिमेकीलाई दिइन्, त्यसपछि भयो यस्तो घटना

तेस्रो पटक पनि छोरी जन्मिएपछि नाबालक छोरी छिमेकीलाई दिइन्, त्यसपछि भयो यस्तो घटना

अषोज १६, २०७८ शनिबार 15
64
Shares
twitter sharing buttonfacebook sharing buttonsms sharing buttonwhatsapp sharing button
एजेन्सी । एक महिलाका पहिला नै दुई छोरी थिए । तेस्रो पटक पनि छोरीलाई नै जन्मदिइन् । त्यसपछि उनले आफ्नो भर्खर जन्मिएकी छोरी छिमेकीलाई दिइन् ।

अहिले दिएको छोरी उनले फिर्ता मागिरहेकी छन् । यो घटना अहिले प्रहरीकहाँ पुगेको छ । घटना भारतको हो । भारत अमृतसर स्थीत प्रहरीक कार्यालयमा एक छोरीलाई आफ्नो दावी गर्दै दुई आमा पुगेपछि समस्या भएको छ ।

बालिकालाई जन्म दिने आमाको नाम बेबी रहेको बताइएको छ। तानिया जो बेबीको छिमेकी हुन् । बेबीको तेस्रो सन्तान पनि छोरी भएको थाहा पाएपछि तानियाका श्रीमान छोरीलाई आफुले अपनाउँछु भनेर लिएर आए । उनीहरुको सानो परिवार थियो । कुनै कागजात बिना नै बेबीले तानियाका श्रीमानलाई आफुले भर्खर जन्म दिएको छोरी जिम्मा दिइन् ।

अब तानियावाट आफ्नो छोरी फिर्ता चाहन्छिन् । तानियाले एक महिनासम्म छोरीलाई राखिन् । जब बेबी उनको घरमा छोरीलाई भेट्न गइन् भेट गर्न दिइएन। त्यसपछि उनीहरुमा समस्या सुरु भयो । बेबीले आफ्नो छोरी फिर्ता माग्दा तानियाले ३५ हजार रुपैया मागेको आरोप लगाएकी छन् ।

बेबीले पहिले नै दुई छोरीहरु छन्, जो कान्छी छन्। यस्तो स्थिति मा, सानी छोरी उनीहरुलाई दिएपछि आफुलाई केही बोझ कम हुने सोचेर छोरी दिएकी थिइन् । तर १० दिन पछि उनीहरुको घर पुगिन्,

यो परिवारले आफ्नी छोरीलाई भेट्न अस्वीकार गरे । छोरीसंग अब हाम्रो धेरै लगाव भैसकेको छ फिर्ता दिँदैनौं भने । प्रहरीले दुवै महिलालाई सम्झाउने कोशिस गरिरहेको जनाएको छ ।

Related Articles

Back to top button