समाचार

अन्तिम पटक यस्तो म्यासेज छोडेर एनएमबी लघुवित्तकी कर्मचारी २५ वर्षीया मनकुमारी कार्की सम्पर्कबिहिन.

अन्तिम पटक यस्तो म्यासेज छोडेर एनएमबी लघुवित्तकी कर्मचारी २५ वर्षीया मनकुमारी कार्की सम्पर्कबिहिन.
१६ आश्विन २०७८, शनिबार ०९:१२No Commenton अन्तिम पटक यस्तो म्यासेज छोडेर एनएमबी लघुवित्तकी कर्मचारी २५ वर्षीया मनकुमारी कार्की सम्पर्कबिहिन.
88
Shares
facebook sharing button Sharetwitter sharing button Tweetpinterest sharing button Pinemail sharing button Email

अन्तिम पटक यस्तो म्यासेज छोडेर एनएमबी लघुवित्तकी कर्मचारी २५ वर्षीया मनकुमारी कार्की सम्पर्कबिहिन

एनएमबी लघुवित्त वित्तीय संस्था सोताङमा कार्यरत कर्मचारी एक सातादेखि बेपत्ता बनेका छन् । सोताङ गाउँपालिका–१ हुलु स्थायी ठेगाना भएकी २५ वर्षीया मनकुमारी कार्की गत शुक्रबार ४ः२५ बजेदेखि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवित कटवालका अनुसार अपराह्न ४ः२२ बजे साथिलाई सन्देश पठाएको र ४ः२५ बजेदेखि मोबाइल अफ भएको छ । मासिक बैठक सञ्चालनका लागि माप्य दूधकोशी–६ र ७ वाकुमा दुई कर्मचारीसँगै गएका भए पनि सोलाबनबाट हाकुला झर्नेेक्रममा छुट्टिएपछिको अवस्था थाहा नभएको मनकुमारीका बुबा चित्रबहादुर कार्कीले बताउनुभयो ।

सम्पर्कविहीन भएको थाहा हुने बित्तिकै स्थानीयवासी, वाकु प्रहरीचौकी र इलाका प्रहरी कार्यालय सोताङकाटबाट प्रहरी निरीक्षक नवीन राईको टोली परिचालन भए पनि पत्ता लगाउन नसकेपछि सोमबार जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कवित कटवालको टोलीसमेत घटनास्थल पुगेको थियो ।

अनुसन्धानका लागि घटनास्थल पुगेको प्रहरी नायब उपरीक्षक कटवालको टोली दुई दिनपछि जिल्ला फर्किएको छ भने एक हप्तापछि प्रहरी निरीक्षक राईको टोलीसमेत फर्केको छ । अहिले प्रहरीचौकी वाकुको टोलीले त्यस क्षेत्रमा अनुसन्धानसहित खोजीकार्य जारी राखेको प्रहरीले जनाएको छ । घटनास्थलबाट फर्केको टोलीले अहिले थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक कटवालले जानकारी दिनुभयो ।

Related Articles

Back to top button