समाचार

आमा प्यारालाइसिस् बुवा बोल्नै नसक्ने एउटा छोरा पनि हराएका थिए, भिडियो हेरेर घर फर्किए छोरा (भिडियो हेर्नुस्)

आमा प्यारालाइसिस् बुवा बोल्नै नसक्ने एउटा छोरा पनि हराएका थिए, भिडियो हेरेर घर फर्किए छोरा (भिडियो हेर्नुस्)
प्रकाशित मिति: शुक्रबार, आश्विन १५, २०७८ समय: १९:२१:०७
38
Shares
facebook sharing button 38messenger sharing buttontwitter sharing buttonwhatsapp sharing buttonprint sharing button

काठमाडौ । मेरो छोरा थियो तर कहाँ गयो ? जिवितै भए त फर्केर आउँथ्यो होला तर फर्केर नआएपछि अब आश छैन भन्दै रोएका थिए बुवा आमा । तर बुवा आमाले यस्तो भनेको भिडियो सार्वजनिक भएपछि उनीहरुका छोरा घरमै आइपुगे ।

अहिले उनका बुवा निकै खुसी छन् । छोरा होइन अहिले मेरो भगवान फर्केर आए । आमा प्यारालाइसिस भएर हिडडुल गर्न नसक्ने अवस्थामा थिइन् । श्रीमतीको सेवामा लागेका बुवा पनि निकै अस्वस्थ्य देखिन्थे ।

परिवारमा अब कोही सहारा छैन । श्रीमतीको सुसार गर्दै बसेको छु । एउटा छोरा थियो । तर दुई वर्ष देखि उनी सम्पर्क विहिन भएका थिए । एउटै छोरा पनि सम्पर्क विहिन भएपछि आमाबुवा निकै चिन्तामा थिए ।

आमा हिडडुल गर्न समेत गर्न नसक्ने अवस्थामा थिइन् । बुवा पनि अस्वस्थ्य अवस्थामा भिडियोमा देखिइन् । उनीहरुको छोरा अजय गुरुङ घर फर्केर आए । अहिले छोरा घरमा आएपछि परिवारमा खुसी फर्किएको छ ।

वृद्ध बुवा आमाको खुसी फर्किएको हो । उनले आफु चाहेर सम्पर्क विहिन नभएको बताए । अजयले आउँछु भन्दा भन्दै त्यस्तै भयो, उनले भने, भिडियो देखेपछि फर्केर आएँ । उनले गलत संगतमा परेका कारण घर छोडेर हिँडेका थिए ।

घर छोडेर हिँड्दा उनी कसैको प्रेममा परेका थिए । केटा साथी पनि थिए । प्रेम सफल भएन साथीले पनि राम्रो कुरा सिकाएनन् । आमा मनमाया हिडडुल समेत गर्न सक्दिनन् ।

https://youtu.be/WxFjA8vjZ1Y

Related Articles

Back to top button