अमेरिका गएर दोस्रो बिहे गरेकी नायिका रञ्जना शर्मा आमा बन्दै, सार्वजनिक गरिन् बेविबम्प तस्बिर
अमेरिका गएर दोस्रो बिहे गरेकी नायिका रञ्जना शर्मा आमा बन्दै, सार्वजनिक गरिन् बेविबम्प तस्बिर
34 SECONDS अगाडी
Share
अमेरिका गएर दोस्रो बिहे गरेकी नायिका रञ्जना शर्मा आमा बन्दै, सार्वजनिक गरिन् बेविबम्प तस्बिर
केही वर्षयता अमेरिकामा बस्दै आएकी अभिनेत्री रञ्जना शर्माले आफू गर्भवती भएको फेसबुकमार्फत जानकारी दिएकी छिन् ।
गत भाद्र कृष्ण अष्टमीमा प्रेमी निकेश सिलवालसँग इंगेज्मेन्ट गरेकी उनले नेपाल आएर बिहे गर्ने बताएकी थिइन् ।कोरोनाका कारण रञ्जना र निकेशले अनलाइनको माध्यमबाटै कानुनी विवाह गरेका थिए ।
PROMOTED CONTENTAdskeeper
Any Man Can Last 2.5 Hours In Bed By Doing This (Try It Tonight)
More…
412
103
137
A Game Where You Start From Scratch On A Lonely Planet
More…
790
198
263
As Soon As You Hear About Love You Start Screaming At Out Loud?
More…
664
166
221
त्यसपछि अलग–अलग बस्दै आएका उनीहरुको ३ वर्ष अगाडि मात्र सम्बन्ध विक्षेद भएको हो ।डिभोर्स अगावैदेखि निकेशको प्रेममा रहेकी रञ्जनाले अमेरिकामा बसोबास गर्ने आफन्त र चिनजानका फिल्मकर्मीको उपस्थितिमा गत वर्ष विवाह गरेकी हुन् ।
तर, अहिले उनले फेसबुकमा आफू गर्भवती भएको फोटा पोस्ट गरेर सबैलाई चकित तुल्याएकी छन् । फिल्म वृत्तमा औपचारिक रूपमा बिहे नगर्दै रञ्जना गर्भवती भएको हल्लासमेत चलेको छ ।
०६५ सालमा निर्देशक श्याम भट्टराईसँग बिहे गरेकी रञ्जना त्यसको केही वर्षपछि एक कार्यक्रममा सहभागी हुन अमेरिका उडिन् । अमेरिका पुगेको दुई महिनापछि उनी श्यामसँग सम्पर्कविहीन भइन् । श्याम पनि ०७२ सालमा अमेरिका उडे । उनले त्यहाँ रञ्जनालाई खोजे । तर रञ्जनाले आफूहरू आ–आफ्नो बाटो लाग्नु उत्तम हुने बताएपछि उनीहरूले सम्बन्ध बिच्छेद गरे ।
श्यामले दुई वर्षअघि स्वदेश आई एफएमकर्मी कसुम तामाङसँग मागी विवाह गरे । रञ्जनाले भने अमेरिकामै प्रेमी पाइन्– निकेश सिलवाल ।
केही टेलिसिरियल तथा पूर्वपति श्यामको निर्देशनमा बनेको मर्यादा र मौसम, सलाम छ मायालाई र कन्यादान फिल्ममा अभिनय गरेकी रञ्जनाको अभिनय करिअर सुखद भने थिएन ।
पछिल्लो समय अभिनेत्रीहरूले आफू गर्भवती भएको खबर गर्वका साथ फैलाउने गरेका छन् । यसैक्रममा रञ्जनाले पनि आफू आमा बन्न लागेको खुसियाली सेयर गरेकी हुन् ।