मनोरंजन

जसले केही नबोली टिकटकमा १० करोड फलोअर्स कमाउने रेकर्ड बनाए

जसले केही नबोली टिकटकमा १० करोड फलोअर्स कमाउने रेकर्ड बनाए
मनोरंजन
August 27, 2021Butwal 24 NewsLeave A CommentOn जसले केही नबोली टिकटकमा १० करोड फलोअर्स कमाउने रेकर्ड बनाए
पश्चिम अफ्रिकास्थित सेनेगलका टिकटक प्रयोगकर्ता खाबी लामे आफ्नो हास्यपूर्ण अभिव्यक्ति शैलीका कारण परिचितउनी टिकटकमा केही नबोली अरुले गरेको उटपट्याङ काम हेरेर अनुहारबाटै प्रतिक्रिया दिएर मन जित्न सक्छन्। यसै गरी उनले टिकटकमा दश करोड फलोअर्स कमाइसकेका छन्। हालै १० करोड फलोअर्स कटाउने उनी संसारकै दोस्रो व्यक्ति भएका छन्। २१ वर्षीय खाबी लामेको वास्तविक नाम खाबाने लामे हो। टिकटक स्टार हुनुअघि उनी एक कारखानामा काम गर्थे।

कोरोना महामारीले रोजगार बन्द भएपछि गत मार्चमा उनले ‘खाबी लामे’ नाममा टिकटक अकाउन्ट खोलेका थिए। अकाउन्ट खोलेको दुई महिनाभित्र अरुका भिडिओहरुमा बिना एक शब्द बोली हास्य अभिव्यक्ति दिएर उनले पचास हजारभन्दा बढी फलोअर्स कमाएका थिए।

गत फ्रेबुअरीमा उनले जुभेन्टस क्लबका चर्चित फुटबलर पाउलो डिबाला र पूर्व इटालियन फुटबलर एलेसान्ड्रो डेल पिएरोसँग भिडिओ बनाएका थिए। सो भिडिओपछि खाबीको टिकटक फलोअर्स संख्या दश लाख पुगेको थियो। गत हप्ता भने टिकटकले खाबी लामेले दश करोड फलोअर्स कमाउने दोस्रो व्यक्ति बनेको घोषणा गरेको थियो।

टिकटकमा सार्वधिक फलोअर्स हुने पहिलो व्यक्ति अमेरिकाको सोसल मिडिया स्टार तथा डान्सर चार्ली डी अमेलियो हुन्। चार्लीको टिकटकमा १२ करोडभन्दा फलोअर्स् छन्। खाबी चार्लीपछिको बढी टिकटक फलोअर्स् हुने व्यक्ति हुन्।
खाबी हाल इटालीमा बस्छन्। उनी एक वर्षको हुँदा उनको परिवार इटाली बसाइँ सरेको थियो। उनी सधैं आफ्नो ठट्यौली स्वभावबाट मानिसलाई हसाउँन खोज्थे। टिकटकका अनुसार खाबीको सपना नै अरुलाई हसाउँनु थियो। यही सपना पूरा गर्न उनी टिकटक अकाउन्ट खोल्न जोसिएका थिए, जसबाट उनले आफ्नो पहिलो कमेडी भिडिओ पोस्ट गरे।

‘एकपछि अर्को कमेडी भिडियो पोस्ट गर्दै जाँदा खाबीको फलोअर्स् संख्या दिनदिनै बढ्न थाल्यो। १७ महिनाभन्दा कम समयमा नै उनी संसारभर चर्चित टिकटकर बने,’ टिकटकले आफ्नो ब्लग पोस्टमा लेखेको छ, ‘उनको अद्वितीय रचना र हास्य अभिव्यक्तिले विश्वरभरका टिकटक प्रयोगकर्ताबीच खुसी फैलाउन सक्यो।’

‘मलाई सानैदेखि मनोरञ्जन गर्न र मानिसहरुलाई हसाउन रमाइलो लाग्थ्यो,’ खाबी लामेले भनेका छन्, ‘आफ्नो सपनाहरु पुरा गर्न म काम जारी राख्नेछु। यसमा टिकटक समुदायले मलाई सधैँ साथ दिनेछ भनेर थाहा छ।’ खाबी हलिउड अभिनेता विल स्मिथलाई आफ्नो आइडल मान्छन्। उनका अनुसार उनको टिकटक बनाउने शैली अभिनेता विलको फिल्म ‘द फ्रेस प्रिन्स अफ बेल–एयर’बाट प्रेरित भएर आएको हो।

आफ्नो कमेडी भिडिओको सुरुवातबारे उनी भन्छन्, ‘मलाई विल स्मिथको कमेडी र उनको सबै फिल्महरु मनपर्छ। त्यसैले मैले र एकजना साथीले युट्युबमा केही स्केच रेकर्ड गर्ने निर्णय गर्यौं। धेरै भ्युज नपाए पनि मलाई भिडिओ बनाउन रमाइलो लाग्थ्यो।’

चार्ली डी अमेलियोले गत वर्ष टिकटकमा दश करोड फलोअर्स कमाएकी थिइन्। टिकटकमा ट्रेन्डिङमा आएका गीतहरुमा नाचेरै उनी चर्चित भएकी हुन्। १७ वर्षिया चार्लीले यो सफलता टिकटकमा पहिलो भिडिओ हालेको १८ महिनामा नै पाएकी हुन्।

यसैगरी अर्की २० वर्षिया अमेरिकी गायिका र डान्सर एडिसन रायको टिकटकमा आठ करोडभन्दा बढी फलोअर्स छन्। टिकटकमा धेरै फलोअर्स हुने सूचीमा उनी तेस्रो स्थानमा पर्छिन्।

Related Articles

Back to top button