समाचार

कञ्चनपुरमा माछा मारेर फर्कनेक्रममा बिषालु सर्पले टोकेर चौधरीको मृत्यु

कञ्चनपुरमा माछा मारेर फर्कनेक्रममा बिषालु सर्पले टोकेर चौधरीको मृत्यु
August 20, 2021 admin2समाचारNo Commenton कञ्चनपुरमा माछा मारेर फर्कनेक्रममा बिषालु सर्पले टोकेर चौधरीको मृत्यु

शुक्लाफाँटा नगरपालिका–८ नौखरीका ४५ वर्षीय विपदराम चौधरीको सर्पले डसेर मृत्यु भएको छ । चौधरीको उपचारका क्रममा कैलालीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा आज मृत्यु भएको मृतकका भाइ कुलबहादुरले बताउनुभयो ।

एक साताअघि घर नजिकैको खोलामा माछा मारेर फर्कनेक्रममा चौधरीलाई बिषालु सर्पले डसेको थियो ।

सर्पले डसेपछि चौधरीलाई तत्कालै परिवारजनले उपचारका लागि अर्जुनीमा रहेको सर्पदंश उपचार केन्द्रमा लगेका थिए । त्यहाँ उपचार हुन नसकेपछि सेती प्रादेशिक अस्पताल लगिएको थियो ।

ओलि जस्तो सफल प्रधानमन्त्री आजसम्म यो देशमा कोहि छैन…
Enews Nepali
@Enewsnepali

ओलि जस्तो सफल प्रधानमन्त्री आजसम्म यो देशमा कोहि छैन…
FacebookTwitterPrintEmailMore
काठमाण्डौ

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बिभिन्न कार्यक्रममा वा अन्तर्वार्ताका क्रममा नेपालकै इतिहासमा प्रधानमन्त्रीका रुपमा आफुले जत्तिको कसैले काम गर्न नसकेको र अहिलेका कुनै पनि नेताहरुले आफुले जत्तिको काम गर्न नसक्ने दाबी गर्दै आएका उनले आज अफ्नो तुलना महात्मा गान्धी र नेलशन मण्डेलासँग गरेका छन्।

मै हुँ भन्दै आएका केपी शर्मा ओलीले आफुलाई विश्व स्तरिय नेताहरुसंग तुलना गर्दै आएका छन । केपी शर्मा ओलीको प्रधानमन्त्री कार्यकालमा भएको व्यापक भ्रष्टाचार र आलोचनालाई बेवस्था गर्दै केपी शर्मा ओलीसंग नजिकिन एमालेका नेता-कार्यकर्ता ओली ‘बा’ भनेर सम्बोधन गर्दै आएका छन ।

नेपाली कांग्रेसका नेता राष्ट्रिय सभाका सांसद रमेशजंग रायमाझिले त केपी ओली राजनेता नभएर भ्रष्टाचारको चाही महानायक भएको समेत आरोप लगाएका थिए । शुक्रबार ओलीले ऋषि धमलाको कार्यक्रम जनता जान्न चाहन्छन् कार्यक्रममा अन्तरर्वार्ता दिँदै आफूलाई महात्मा गान्धी र नेलशन मण्डेलासँग तुलना गरेका हुन्।

ओलीले आफ्नो प्रशंसा देखेर माधव नेपालको छातीमा आगो बलेको भन्दै उनले ‘बा’ भन्ने गरिएकोमा गर्व महसुस गरे। आफूलाई जनताले मन पराएका कारण ईष्याले नजल्न ओलीले आग्रह गरे। ‘महात्मा गान्धीलाई बाप्पु नै भनिन्थ्यो। बाप्पु भनेको अर्थ पिताजी। होची मिन्हलाई अंकल हो। काका नै भन्थे सबैले।

नेलशन मण्डेलालाई पिताजी भन्थे।’ ओलीले भने, ‘कसले गरेको कामलाई जनताले मन पराउँछ, प्यार गर्छ त्योसँग इष्र्या गरिरहनुपर्ने आवश्यकता छैन। मैले पैसा बाँडेर ‘बा भन्दिेउ, बा भन्देउ’ भनेको त छैन। मैले बा भन्ने शब्द किनेको त होइन। मैले डण्डा लगाएर बा भन कि बा भनेर कसैलाई बाध्य पारेको त होइन।

माधव नेपाल र वामदेव गौतमको कसैले प्रशंसा नगरेपछि इष्र्या भएको टिप्पणी गरे। कसैले पनि आफूले आफूलाई खराब भनोस् भन्ने नचाहने र त्यो आफूले पनि नचाहने ओलीले बताए।

माधव नेपालमा स्वार्थ, अहंकार र म भन्ने भावना रहेको ओलीले आरोप समेत लगाए। ओलीले दक्षिणपन्थीसँग मिलेर वामपन्थी सरकार ढालेको भन्दै उनले घरमा आगो लगाएर प्रतिक्रियावादीका अगाडि मुठ्ठीमा खरानी लिएर उभिएको टिप्पणी गरे

Related Articles

Back to top button