मनोरंजन

अभिनेत्री सौजन्याले गरिन….

अभिनेत्री सौजन्याले लगाइन् पासो, अपार्टमेन्टमा मृत फेला
प्रकाशित मिति: बिहिबार, आश्विन १४, २०७८ समय: १७:१५:४९
8
Shares
facebook sharing button 8messenger sharing buttontwitter sharing buttonwhatsapp sharing buttonprint sharing button

एजेन्सी । केही कन्नड फिल्ममा अभिनय गरेकी सौजन्याले पासो लगाएकी हुन् । बिहिबार बिहान बेंगलुरुको अपार्टमेन्टमा उनी मृत पाइएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । प्रहरीले उनको शवसँग सुसाइड नोट भेटेको छ ।

उक्त सुसाइड नोटमा उनले आफ्नो मृत्युका लागि कसैलाई पनि जिम्मेवार नदेखाउन लेखेकी छिन् । उनले आफ्ना आमा बुवालाई माफी दिन समेत भनेकी छिन् । यसका साथै उनले आफ्नो स्वास्थ्यमा कुनै समस्या नभएतापनि जीवनमा उनले जे जति भोगिन् त्यसले उनलाई मानसिक रुपमा तनाव भने दिएको बताइन् ।

अन्त्यमा उनले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएकी छिन् । सौजन्या कोडगु जिल्लाको कुशलनगरमा बस्थिन् र उनले केही सिरियल र कन्नड फिल्ममा काम गरेकी थिइन् ।

****

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना भाइरसको संक्रमणलाई लिएर नयाँ आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार राति १२ बजेदेखि लागु हुने गरी जारी हुने गरी अनावश्यक घर बाहिर निस्कने, भेला हुने, सभा जुलुस, जात्रा महोत्सव र भोज लगायतका कार्य नगर्न र र नगराउन निर्देशन दिएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालद्वारा जारी आदेशले अर्को आदेश नभए सम्मका लागि भन्दै विभिन्न कडाइ गरेको हो । यस्तै नजिकिँदै गरेका चाडपर्व कम भिड हुने गरी, पूर्ण स्वास्थ्य मापदण्ड पालना गर्दै सकेसम्म सांकेतिक रुपमा मात्रै मनाउन निर्देशन दिइएको छ ।

Loader
Loading…

Related Articles

Back to top button