कमिसनको लोभमा विदेशबाट सुन बोकेर फर्किनेहरु घर नपुग्दै यसरि पुग्छन् जे’लमा !
कमिसनको लोभमा विदेशबाट सुन बोकेर फर्किनेहरु घर नपुग्दै यसरि पुग्छन् जे’लमा !
अषोज १३, २०७८ बुधबार 3
twitter sharing buttonfacebook sharing buttonsms sharing buttonwhatsapp sharing button
काठमाडौं । कमजोर आर्थिक अवस्था सुधार्न खाडी पुग्नेहरु सुनको कमिसनको लोभमा घर नपुग्दै जे’ल पर्न थालेका छन्। सुन त’स्करहरुले खाडीबाट स्वदेश फर्कने नेपालीहरुलाई सुन नेपाल पुर्याइदिए कमिसन दिने गरेका छन् । तर सोही अवैध सुन नेपाल ल्याउँदा प्रहरी चेकजाँचमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उनीहरु प’क्रा उपर्दै आएका छन्।सुन त’स्करहरुले दुवइ, मलेसिया, कतारमा रहेका नेपालीहरुलाई घर फर्किने बेला सुन नेपाल पुर्याइदिए वापत कमिसन दिने गरेको प्रहरी अनुसन्धान बाट खुलेको छ ।
सुन त’स्कर गर्नेहरुले घर फर्किन लागेका नेपालीहरुको खोजी गर्छन् । विमानस्थलमा विभिन्न समयमा काम गरिसकेका प्रहरी अधिकारीहरु भन्छन्,“गरिबीले विदेश गएकाहरु सानो लोभमा पर्छन् । त्यहाँ रहेका त’स्करहरुले बाला, औँठी, सिक्री बनाएर सुन उनीहरु लाई भिराउँछन् । काठमाडौंमा त’स्करका एजेन्ट आउँछन् सुन लैजान्छन् । त्यही क्रममा धेरैजसो प’क्रा उ पर्छन् । प’क्रा उ परेपछि कानुनी प्रक्रियामा जाँदा जे’ल समेत जान्छन् ।”
त’स्करहरुले विदेशबाट सुन दिएर पठाउने नेपालीको फोटो, हुलिया सबै विवरण नेपालमा रहेका एजेन्टलाई पठाउँछन् । उनीहरुले भाइबर, ह्वाट्एप लगायतका सामाजिक सञ्जालको प्रयोग गर्दै फोटो सहितको विवरण पठाउँछन् । विमानस्थलमा एजेन्टहरु आउँछन् । विमानस्थलबाट बाहिरिने बित्तिकै उनीहरुले सम्पर्क गर्छन् । सुन लिएर जान्छन् आवश्यक कमिसन दिन्छन् । उनीहरुले सुनको मात्रा हेरेर कमिसन दिने गरेको पटक–पटकको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रहरी कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बास्तोला तोकिएको मापदण्ड र अ’वैध रुपमा ओसार पोसार भएको सुन सहित प्रहरीले कयौंलाई प’क्रा उ गर्दै आएको बताउँछन् । उनका अनुसार धेरैजसो विदेशबाट काम गरेर स्वदेश फर्किनेहरुले तस्करको सुन बोकेर ल्याउँछन् भने कतिपय गिरोह भिजिट भिसामा गएर त’स्करीमा लागेको समेत पाइएको छ ।