मनोरंजन

इन्दिरा जोशीका हुनेवाला श्रीमान् शरद केडिया को हुन ?

इन्दिरा जोशीका हुनेवाला श्रीमान् शरद केडिया को हुन ?
5 MINS अगाडी

Share
इन्दिरा जोशीका हुनेवाला श्रीमान् शरद केडिया को हुन ?
गायिका इन्दिरा जोशीले शरद केडियासँग इंगेज्मेन्ट गरेकी छन्। शरदले इन्दिरालाई हेलिकोप्टरमा खुम्बु पुर्याएर औंठी साटासाट गरेका हुन्।

इन्दिराले शरदले आफूसँग बिहे प्रस्ताव राखेको र आफूले ओके भनेको आफ्नो फेसबुक स्टाटसमा पोस्ट गरेकी छन्।

PROMOTED CONTENTAdskeeper

Any Man Can Last 2.5 Hours In Bed By Doing This (Try It Tonight)
More…
669
167
223

A Game Where You Start From Scratch On A Lonely Planet
More…
798
200
266

6 Unconventional Tips To Foster A Healthy Relationship
More…
530
133
177
उनले शरदले आफूलाई औंठी लगाइदिएको विभिन्न तस्बिरहरूसमेत पोस्ट गरेकी छिन्। फेसन डिजाइनरका रूपमा कार्यरत छन् शरद । उनी र इन्दिरा पछिल्लो दुई वर्षयता प्रेममा रहेको बताइन्छ।

‘लूट’ फिल्मको आइटम गीत उध्रेको चोली..बाट चर्चामा आएकी गायिका इन्दिरासँग इंगेज्मेन्ट गरेका शरद पेसाले फेसन डिजाइनर हुन्। काठमाडौ, नक्सालमा फेसन स्टोर चलाइरहेका उनी विभिन्न नयाँ डिजाइनका ड्रेस तयार पार्न माहिर मानिन्छन् ।

फेसन डिजाइनिङकै क्रममा करिब चार वर्षअघि इन्दिरा र शरदको भेट भएको थियो। व्यापारिक घराना केडिया ग्रुपका सदस्य शरद र इन्दिराबीचको मित्रता विस्तारै प्रेममा बदलिँदै गएको बताइन्छ। उनीहरूबीचको प्रेमको सामीप्यता यति बढ्यो कि उनीहरू दुई वर्षयता बुढानिलकण्ठस्थित एक अपार्टमेन्टमा सँगै बस्ने गरेकोसमेत बताइन्छ।

विशेष गरी आइटम गीतका कारण चर्चामा छाउने गरेकी इन्दिरा पछिल्लो समय नेपाल आइडलमा निर्णायकका रूपमा समेत रहँदै आएकी थिइन्।

शरद भने फेसन डिजाइनका कारण नेपाली महिला सेलिब्रेटीमाझ परिचित छन्।

इन्दिरा जोशीका हुनेवाला श्रीमान् शरद केडिया को हुन ?

Related Articles

Back to top button