समाचार

दशैंको मुखमा काल बनेर आएको ट्रक’ले ज्या’न लियो आमा र छोराको , अधुरै रह्यो दशैंमा रमाइलो गर्ने

दशैंको मुखमा काल बनेर आएको ट्रक’ले ज्या’न लियो आमा र छोराको , अधुरै रह्यो दशैंमा रमाइलो गर्ने

अषोज १२, २०७८ मंगलबार 10
6
Shares
twitter sharing buttonfacebook sharing buttonsms sharing buttonwhatsapp sharing button
रूपन्देही । छोरालाई कलेजको गाडी चढाउन सडकमा निस्केकी आमा र छोरालाई ट्रकले ठ’क्कर दिँदा दुवैजनाको मृ’त्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तरगत रुपन्देहीको सैनामैना नगरपालिकामा ट्रकको ठ’क्करबाट आमाछोराको मृ’त्यु भएको हो ।

सैनामैना नगरपालिका वडा नं ५ बुद्धनगरकी ४२ वर्षीया राधा भट्टराई र उनका छोरा २१ वर्षीय महेश भट्टराईको मृ’त्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलल‍े जानकारी दिएको छ ।पश्चिमबाट बुटवलतर्फ आउँदै गरेको ना ८ ख ४४ ११ नम्बरको ट्रकले बस पर्खेर बसिरहेका आमाछोरालाई ठ’क्कर दिएको थियो।

स्थानीयका अनुसार छोरालाई कलेज पठाउनका लागि छोरालाई गा’डीसम्म छोड्न आमा आएकी थिइन् ।ठ’क्करबाट घा’इते भएका उनीहरुलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल ल्याउँदै गर्दा बाटोमै मृ’त्यु भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

ठ’क्कर दिने ट्रक र त्यसका चालक राप्ती नगरपालिका चितवनका धनराज गिरीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै कपिलवस्तुको बाणगंगा नगरपालिका–४ जितपुरमा बस र वि’ङ्गर एकआपसमा ठो’क्किएका छन् ।रुकुम बाट काठमाडौं जाँदै गरेको बा४ख२४४८ नम्बरको बस र

लु१ज३००६ नम्बरको विङ्गर ठो’किँदा नौ जना घा’इते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलीप कार्कीले बताए ।

घा’इतेमध्ये चार जनाको अवस्था ग’म्भीर छ । विङ्गर चालक बाणगंगा नगरपालिका-८ का सुदन क्षेत्री र नाम नखुलेका सहचालक ग’म्भीर घा’इते भएक छन् ।

बसमा सवार रुकुमका पवन घर्ती मगर र अर्जुन बुढा मगरको अवस्था पनि ’गम्भीर छ । उनी हरूलाई थप उपचारका लागि बुटवल लगिएको छ ।बाँकी घा’इतेको कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

Related Articles

Back to top button