समाचार

दशैँको मुखैमा घट्यो सुनको मूल्य, हेर्नुहोस तोलाको कति पुग्यो

दशैँको मुखैमा घट्यो सुनको मूल्य, हेर्नुहोस तोलाको कति पुग्यो
September 28, 2021 admin ebihaniआर्थिक / समाचार / समाजNo Commenton दशैँको मुखैमा घट्यो सुनको मूल्य, हेर्नुहोस तोलाको कति पुग्यो

काठमाडौं – आज साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबार तोलामा ३ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा ३ सय रुपैयाले नै घटेको हो । सोमबार प्रतितोला ८९ हजार ३ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ८९ हजार रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाले घटेको छ । चाँदीको मूल्य आज घटेर तोलाको ११ सय ५५ रुपैयामा कारोबार भइरहेको छ ।

No photo description available.

 

Related Articles

Back to top button