समाचार

कपिलवस्तुमा बससँग विङ्गर ठोक्कियो : नाै घाइते, चार गम्भीर

कपिलवस्तुमा बससँग विङ्गर ठोक्कियो : नाै घाइते, चार गम्भीर

अषोज १२, २०७८ मंगलबार 17
9
Shares
twitter sharing buttonfacebook sharing buttonsms sharing buttonwhatsapp sharing button
कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–४ जितपुरमा बस र विङ्गर एकआपसमा ठोक्किएका छन् ।

रुकुमबाट काठमाडौं जाँदै गरेको बा४ख२४४८ नम्बरको बस र लु१ज३००६ नम्बरको विङ्गर ठोकिँदा नौ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलीप कार्कीले बताए ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । विङ्गर चालक बाणगंगा नगरपालिका-८ का सुदन क्षेत्री र नाम नखुलेका सहचालक गम्भीर घाइते भएक छन् ।

बसमा सवार रुकुमका पवन घर्ती मगर र अर्जुन बुढा मगरको अवस्था पनि गम्भीर छ । उनीहरूलाई थप उपचारका लागि बुटवल लगिएको छ । बाँकी घाइतेको कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

Related Articles

Back to top button