समाचार

आठ दिनदेखि बेपत्ता एमाले नेता रावत मृत फेला

आठ दिनदेखि बेपत्ता एमाले नेता रावत मृत फेला

अषोज १२, २०७८ मंगलबार 11
16
Shares
twitter sharing buttonfacebook sharing buttonsms sharing buttonwhatsapp sharing button
अछाम । अछामको बान्निगढी जयगढ गाउँपालिका-६ दर्नाका समाजसेवी तथा नेकपा एमालेका नेता धनबहादुर रावत मृत भेटिएका छन् ।

४ असोजदेखि बेपत्ता रहेका रावत दर्नाको रवा लेक भन्ने स्थानमा शव फेला परेको हो।

४ असोजमा जिल्लाको रामारोशन गाउँपालिका ७ सुतारको अनन्ते मेला हेर्न गएका रावत सोही दिनदेखि बेपत्ता थिए।

खोजी गर्ने क्रममा रावतको शव सोमबार बिहान कालारवा लेकको जंगलमा भेटिएको हो।

रावतको खोजीका लागि स्थानीयसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका थिए । मोबाइल लोकेसनका आधारमा खोजी गर्दै जाँदा उनको शव भेटिएको प्रहरीले बताएको छ।

रावत स्थानीय तहको निर्वाचनमा बान्नीगढी जयगढ गाउँपालिका( ६ दर्नाको वडा अध्यक्षका उम्मेदवार बनेका थिए। प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ।

Related Articles

Back to top button