समाचार

यति जोखिम मोलेर ७७ जनाको ज्यान बचाउने यिनै हुन् पाइलट क्याप्टेन एजी शेर्पा, त्रिभुवन बिमानस्थलमा अवतरण गर्दै गर्दाको भिडियो सहित

यति जोखिम मोलेर ७७ जनाको ज्यान बचाउने यिनै हुन् पाइलट क्याप्टेन एजी शेर्पा, त्रिभुवन बिमानस्थलमा अवतरण गर्दै गर्दाको भिडियो सहित
Enews Nepali
@Enewsnepali

यति जोखिम मोलेर ७७ जनाको ज्यान बचाउने यिनै हुन् पाइलट क्याप्टेन एजी शेर्पा, त्रिभुवन बिमानस्थलमा अवतरण गर्दै गर्दाको भिडियो सहित
FacebookTwitterPrintEmailMore
काठमाडौं । सोमबार बिहान काठमाडौबाट विराटनगरका लागि उडेको बुद्ध एअरको जहाज अवतरण हुने क्रममा चक्का नखुलेपछि पुनः काठमाडौं फर्किएर सुरक्षित अवतरण भएको छ । बुद्ध एअरको यु १६१ रहेको (एनएजेओ) जहाजमा समस्या आएको बताइएकाे छ ।

उडान नम्बर यु १६१ रहेको एनएजेओ जहाजमा समस्या आएको तर काठमाडौं फर्किने क्रममा केही समयपछि पुनः चक्का खुलेपछि सुरक्षित अवतरण भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्त रिन्जी शेर्पाले बताए । जहाजको प्राविधिक टोलीले पाइलटसँग आकाशमै समन्वय गरेकाले कुनै पनि मानवीय क्षति हुने अवस्था नआएको शेर्पाले जानकारी दिए ।

उक्त जहाज अवतरणको तयारी गर्ने क्रममा दायाँतर्फको पाङ्ग्रा खुलेको थिएन । सबै उपाय अपनाउँदा पनि पाङ्ग्रा नखुलेपछि विराटनगरको तुलनामा काठमाडौंमा अवतरण गर्न उपयुक्त हुने ठानेर सो जहाजलाई काठमाडौं फर्काइएको थियो ।

अवतरण गर्नुअघि त्रिभुवन विमानस्थलमा आधा दर्जन बढी दमकल, एम्बुलेन्स र उद्धारकर्मीहरुलाई तयारी अवस्थामा राखिएको थियो । सो जहाजले धावनमार्ग छोएपछि जहाजको दायाँ-बायाँबाट दमकल र एम्बुलेन्स जहाज गएतर्फ गुडेका थिए

उक्त जहाज क्याप्टेन एजी शेर्पाले उडाएका थिए। जहाजमा ७२ यात्रु सवार थिए। विमानस्थलमा यात्रुहरूको स्वास्थ्य जाँच गरिने र त्यसपछि अर्को जहाजमा विराटनगरमा पठाइने विमानस्थल कार्यालयले जनाएको छ। जहाजको ल्याण्डिङ गियरमा समस्या देखिनाथ जहाजलाई तत्कालै काठमाडौं फर्काएको बुद्ध एयरले जानकारी दिएको छ।

‘जहाजमा ल्याण्डिङ गेयरका लागि दुई वटा इन्डिकेटर रहेको हुन्छ । जस अनुसार प्राइमेरी इन्डिकेटरमा संकेत नदेखिएको तर सेकेण्डरी इण्डिकेटरमा सबै ठिकठाक रहेको देखियो । ‘सुरक्षामा शुन्य सहनशिलता’ अनुसार क्याप्टेनले जहाज तुरुन्तै काठमाडौंमा फर्काउने निणर्य गर्‍यो’, विज्ञप्तिमा अगाडि भनिएको छ, ‘काठमाडौं आकाशमा आइसकेपछि क्याप्टेनले बुद्ध एयरको टेक्निकल टिमको रेडियो सम्पर्कमा ल्याण्डिङ गियर चेकजाँच गर्दा सही र झरेको जानकारी दियो ।

जस अनुसार अन्तर्राष्ट्रिय तथा नागरिक उड्डयन प्राधिकरणले जारी गरेको दिशा निर्देशिका अनुसार काठमाडौं विमानस्थलमा सुरक्षितसाथ जहाजलाई ‘नर्मल’ अतवरण गराइयो।’त्यस्तै विराटनगरमा अवतरण हुन नसकी काठमाडौंमा ल्याण्ड गरिएको बुद्ध एयरका ७३ मध्ये ४९ यात्रुलाई सोमबार अर्को उडानबाट विराटनगर पठाइएको छ । बाँकी यात्रुहरुलाई भने बुधबार बिराटनगर पठाइने भएको छ ।

Related Articles

Back to top button