समाचार

भीरबाट धकेल्नुअघि पनि ‘करणी’ !

भीरबाट धकेल्नुअघि पनि ‘करणी’ !
22 MINS अगाडी

Share
भीरबाट धकेल्नुअघि पनि ‘करणी’ !
ताप्लेजुङ — फुङलिङ–८ दोखु चारपाटे क्षेत्रबाट शुक्रबार बिहान दूध बिक्री गर्न सदरमुकाम फुङलिङ बजार आउनेले पैदल मार्गको तल्लोपट्टि एक युवती ल डिरहेको अवस्थामा देखे ।

शरीरको माथिल्लो भाग ना ङ्गै र तल्लो भाग सुरुवाल लगाएको अवस्थामा देखिएकी ती युवतीले हलचल नगरेको देखेपछि ‘म रेको हो कि अ चेत’ भन्दै जिल्ला प्रहरी कार्यालयमा खबर गरे ।

PROMOTED CONTENTAdskeeper

Any Man Can Last 2.5 Hours In Bed By Doing This (Try It Tonight)
More…
599
150
200

6 Unconventional Tips To Foster A Healthy Relationship
More…
556
139
185

As Soon As You Hear About Love You Start Screaming At Out Loud?
More…
886
222
295
सादा पोसाकमा प्रहरीको विशेष टोली बिहान साढे ८ बजेतिर घटनास्थल पुग्यो । टोली करिब ९ बजे घटनास्थल पुग्यो र वरिपरि रेखांकन गर्‍यो ।

घटनास्थल

घटनास्थलको अवलोकन गर्ने क्रममा श व रहेको स्थानदेखि करिब एक सय मिटरमाथि ढुंगाको पहाडमा एउटा ज्याकेट र मेटासिडको खाली बोतल फेला पार्‍यो । त्यो बोतल भेट्ने प्रहरीका अनुसार भर्खरै प्रयोग गरेको हो कि जस्तो गन्ध आइरहेको थियो । डीएसपी वालनरसिंह राणा नेतृत्वको टोलीले घटनास्थलमा जम्मा भएकालाई आलोपालो गराएर श व देखायो । कसैले पहिचान गर्न सकेनन् ।

त्यसपछि फुङलिङ नगरपालिका–७ का वडाध्यक्ष राजन गुरुङको रोहबरमा शव उठाएर प्रहरीले जिल्ला अस्पतालको शवगृहमा पुर्‍यायो । त्यतिबेलासम्म एक युवती मृत भेटिएको खबर पहाडी बजारमा सनसनीपूर्ण भइसकेको थियो ।

मध्याह्नपछि पहिचान खुल्यो । ती युवती फक्ताङलुङ–३ लिंखिम घर भई फुङलिङको भानुजन माविमा कक्षा ११ मा अध्ययनरत १८ वर्षीया पुष्पा लिम्बू हुन् । वीरबहादुर लिम्बूकी साइँली छोरी । उनी आफ्नै दिदी र आफन्तसँग फुङलिङ बिहीबारेमा बसेर स्कुल जान थालेकी थिइन् ।

भानुजन माविका प्रधानाध्यापक किशोर राईका अनुसार अघिल्लो सोमबार मात्रै शिक्षा विषय लिएर पढ्न विद्यालयमा भर्ना भएकी हुन् । डाँडामा मेटासिडको बोतल भेटिएको र त्यसको तल शव भेटिएकाले प्रहरीले यतिबेलासम्म उनले आ त्म ह त्या गरेको हुन सक्ने आकलन गरिरहेको थियो ।

डीएसपी राणा त्यो बेलाको घ टनाक्रमले त्यस्तो देखिए पनि ह त्या भएको हो कि भन्ने पाटोबाट पनि अनुसन्धान गरेको दाबी गर्छन् । परिवारका सदस्य पुष्पाले आ त्मह त्या गरेको मान्न तयार भएनन् । फुपाजु केदारजंग ताप्मादेनका अनुसार उनीहरूलाई फुङलिङ–१० फुरुम्बुका २४ वर्षीय ट्र्याक्टर चालक रामकुमार कार्कीमाथि शंका थियो ।

प्रहरीलाई भने पनि गम्भीरतापूर्वक लिएको जस्तो लागेन । कार्की फुङलिङबाट फुरुम्बु, लिंखिम हुँदै तापेथोकतिर ट्र्याक्टर चलाउँछन् । पुष्पासँग उनको कुरा भइरहने दिदीले सुइँको पाएकी थिइन् । त्यसका आधारमा उनीहरूले कार्कीमाथि शंका गरेका थिए । प्रहरीले चासो नदिएपछि शनिबार दिउँसो पुष्पाका बाबु, आमा, गाउँपालिका अध्यक्ष सरोज एभेङलगायतको टोली घटनास्थलमा गए, हेरे । निष्कर्ष निकाले– ‘पुष्पाको ह त्या नै भएको हुनुपर्छ ।’

प्रहरीले अनुसन्धानमा ध्यान नदिएको भन्दै आइतबार बिहान उनीहरूले पत्रकार सम्मेलन गरे र सोमबारदेखि हडताललगायत कार्यक्रम गर्ने घोषणा गरे । यसअघि नै अप राधीको खोजी नभएसम्म पोस्ट-मार्टम नगर्न भनेका उनीहरूले शव नबुझ्ने बताइसकेका थिए । त्यही बिहान प्रहरीले परिवारले नै दाबी गरेका कार्की पक्राउ परेको र उनले ह त्या स्वीकार गरेको जनायो ।

राणाका अनुसार आठ/नौ महिनाअघि चिनजान भएका उनीहरूबीच प्रेमस म्बन्ध भई शा री रिक स म्प र्कसमेत भएको थियो । गत शुक्रबार बिहान करिब ३ बजे कार्कीले फोन गरेर आफ्नो डेरा रहेको ठाउँ सुकेटार जाने सडकमा पुष्पालाई बोलाए । मोटरसाइकलमा राखेर वडा नम्बर ४ को सेती चौतारा पुर्‍याए ।

त्यहाँ क रणी गरेको बयान कार्कीले प्रहरीलाई दिएका छन् । क रणीपछि ‘विवाह गरौं’ भन्दा नमानेका कारण केही वि वाद भएको र पुष्पाले ‘तेरो इज्जतमाथि दाग लगाइदिन्छु’ भनेपछि टा उकाको पछाडिको भागमा ढुंगा ले प्र हार गरेको बताएका छन् । जमिनमा ल डाएपछि ‘मलाई नमा र्नु’ भन्दाभन्दै साथमा बोकेको मेटा सिडको बिर्को खोलेर पुष्पाको मुखमा हालिदिएर भीरबाट धके ली झारि दिएको उनले बयान दिएको राणाले बताए ।

घटनास्थलमा स्वीटर, चप्पल, वि षादीको बट्टा र उनको मोबाइलसमेत पुष्पालाई ल डाएतिरै फालेपछि ‘म रेकी छैन भने मा र्ने’ भन्दै कार्कीले अर्को गोरेटो बाटो केही तल गई हेरेका थिए । कोल्टे अवस्थामा सास फेरिरहेको जस्तो देखेपछि पुनः हात समाई केही तलसम्म तानी बाटोमुनि खसाई फर्किएको उनले बयानमा उल्लेख गरेको प्रहरीले जनाएको छ । त्यसपछि सुकेटारतर्फ गएका उनी त्यहाँबाट फर्किएर ग्यारेजमा गई मोटरसाइकल धोइपखाली कोठामा पुगेका थिए । घटनापछि पनि शनिबार कार्कीले ट्र्याक्टर लिएर तापेथोक गएको स्थानीयले देखेका थिए ।

प्रहरीले उनलाई शनिबार राति प क्राउ गरेको दाबी गरेको छ । पुष्पाको मोबाइल अहिलेसम्म फेला नपरेको र कार्कीले फालेको भनेको ठाउँमा खोजिरहेको प्रहरीले जनाएको छ । पुष्पाकी दिदीले अघिल्लो दिन बेलुका पनि आफूहरू सुत्दा बहिनी कोहीसँग बोलिरहेको बताएकी छन् ।

पुष्पाको आइतबार बेलुका पोस्ट-मार्टम भएको छ । वि षसमेत खु वाइएको खुलेकाले घटनामा कार्कीबाहेक अरूको संलग्नता भए नभएको पाटो पनि प्रहरीले केलाउँदै छ । परिवारले पनि मिहिन ढंगले अनुसन्धान गर्न दबाब दिएका छन् । पोस्ट-मार्टम रिपोर्ट आएपछि अझ तथ्य खुल्ने डीएसपी राणाले बताए ।

यो समाचार आनन्द गौतमले कान्तिपुमा लेखेका छन् ।

Related Articles

Back to top button