समाचार

घाँस काट्दै गरेकी महिलाको कान का’टेर कानको रिङ लु’ट्ने पक्राउ

घाँस काट्दै गरेकी महिलाको कान का’टेर कानको रिङ लु’ट्ने पक्राउ
September 25, 2021 adminदेशNo Commenton घाँस काट्दै गरेकी महिलाको कान का’टेर कानको रिङ लु’ट्ने पक्राउ

पोखरा महानगरपालिका ३२ बडहरेकी ४८ वर्षीया महिलाको कानको रिङ लु’ट्ने पक्राउ परेका छन् । घाँस काट्न बारीमा गएका बेला ढुंगाले हानेर बेहोस बनाई एक तोलाको रिङ लु’ट्ने लु’टेरा भोलिपल्टै पक्राउ परेका हुन् ।

मारियम गुरुङको कानको लोती काटी सुन लु’टेको आरोपमा प्रहरीले माचिन तामाङलाई मंगलबार पक्रेको हो । उनको साथबाट लुटिएको २ वटा रिङ जस्ताको तस्तै फेला परेको प्रहरीले जनाएको छ । तामाङ मंगलबार तल्लो गगनगौंडबाट प’क्राउ परेका हुन् ।

धादिङ घर भएका ४६ वर्षीय तामाङ अहिले पोखरा महानगरपालिका ३२ खुदीखोला बस्दै आएका थिए । उनी बाख्राभैंसी किनबेचको काम गर्ने पनि खुलेको छ । किन्ने र बेच्ने कामका लागि गाउँतिर गइरहने भएर गाउँबारे राम्रो जानकार रहेको पनि बुझिएको छ ।

सोमबार पूर्वान्ह ११ बजेतिरको समयमा गुरुङले घाँस काटिरहँदा एक्कासि छातीमा ढुंगाले हानेर बेहोस बनाई कानै काटेर आधा आधा तोलाको २ वटा बेरुवा रिङ लुटिएको थियो ।बारी नजिकै घर भएका स्थानीयले देखेर हल्लाखल्ला गरेपछि आफन्तहरु घटनास्थल पुगेका थिए ।

बेहोस भइसकेकी मरियमको कानका २ वटा रिङ थिएनन् । घटनास्थलमा पुग्दा कानबाट रगत आइरहेको उनका श्रीमान् धनमान गुरुङले बताए ।

लगत्तै प्रहरीलाई खबर गरिएको थियो । र, घाइते गुरुङलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गर्न ल्याइएको थियो । कानमा टाँका लगाएर गुरुङ घर फर्किसकेकी छिन् ।
बुटवल दैनिक

Related Articles

Back to top button