समाचार

श्रीमान,श्रीमती र कार सहित तीन जना अझै बे’प’त्ता,खोजी कार्य जारी(भिडियो हेर्नुहोस्)

श्रीमान,श्रीमती र कार सहित तीन जना अझै बे’प’त्ता,खोजी कार्य जारी(भिडियो हेर्नुहोस्)

अषोज ९, २०७८ शनिबार 2
88
Shares
twitter sharing buttonfacebook sharing buttonsms sharing buttonwhatsapp sharing button
चितवन जिल्लाको इच्छाकामना गाउँपालिका वडा नं.५ मा हिजो राती काठमाडौदेखि पोखरा जाँदै गरेको एउटा कार त्रीशुलीमा खसेको छ।कारमा सवार चार जना मध्ये एकजना चाहिँ खस्न लाग्दा कारबाट भाग्न सफल भएका छन् र उनको उपचार चितवन अस्पता लमा हुँदै छ भने बाँकी तीन जना अझैसम्म बे’प’त्ता भैरहेका छन्।

पोखरा महानगरपालिका वडा नं.१७ मा बसोबास गर्ने यी चार जना मध्ये तीनजना अहिलेसम्म हराइरहेका छन् भने उनीहरूको उद्धारका लागि नेपाल,प्रहरी र सशस्त्र प्रहरीको टोली लागि परिरहेको छ।कुरिन्टार देखि आएको उद्धार टोलीले त्रीशुलीको ठूलो भेलमा पसेर गाडी र मानिसहरूको खोजी गरिरहेको छ। त्रीशु लीमा यतिखेर पानी परेको कारण बहाब बढीरहेको छ,भेल उर्लिरहेको छ।

बेपत्ता हुनेहरूमा दुईजना चाहिँ एकै परीवारका श्रीमान र श्रीमती रहेका छन् भने अर्का एक जना पनि हराइ रहेका छन्।पोखरा महानगरपालिका वडा नं.१७ मा बस्ने बर्ष ४६ का रुद्रलाल सुवेदी जो अहिले हस्पिटल मा छन् र उपचार गरिरहेका छन्।त्यस्तै सोही कारमा सँगै आएका अन्दाजी ६० वर्षीय प्रेम बहादुर भुजेल र सोही ठाउँका अन्दाजी ५५ वर्षका लेखराम भुजेल र उनकी श्रीमती ३६ वर्षकी इश्वरी भुजेल जो अहिले बे’प’त्ता छन् र उनीहरू चढेको गाडी पनि बे’प’त्ता रहेको छ।

प्रकोप व्यवस्थापनमा खटिएका कुरिनटारदेखि आउनु भएको एस पी सुशील सुवेदीले भन्नुभयो,उद्धार टोली हिजो राती देखि नै परिचालित छ,खोजी कार्य नभेटुञ्जेल जारी रहनेछ,अवश्य पनि यो टोलीले भेटेरै छोड्नेछ भन्ने आशा छ र सोही अनुसार टीमले काम गरिरहेको छ।कृपया यसै विषयमा तयार पारिएको भिडियो सामाग्री तल प्रश्तुत गरिएको छ,हेरेर आफ्नो प्रतिक्रिया दिन नभुल्नुहोला, धन्यवाद।

Related Articles

Back to top button