समाचार

मेरो खेतमा घाँस किन काटिस् भन्दै वृद्ध बाले गरे युवकमाथि….

मेरो खेतमा घाँस किन काटिस् भन्दै वृद्धले गरे युवकमाथि चक्कु प्रहार
केटिएम दैनिक
शुक्रवार, असोज ८ २०७८
171
SHARES

मेरो खेतमा घाँस किन काटिस् भन्दै वृद्धले गरे युवकमाथि चक्कु प्रहार
सुनसरीको इटहरी उपमहानगरपालिकामा वृद्धले चक्कु प्रहार गरी एक युवकको ज्यान लिएका छन् । बारीमा घाँस काटेको विषयमा भएको विवादले गम्भीर रूप लिँदा इटहरी–३ तालतलैयाका ६० वर्षीय देवीप्रसाद अधिकारीले २३ वर्षीय राजु थापाको ज्यान लिएका हुन् ।

आज दिउँसोतिर थापाले अधिकारीको खेतमा घाँस काटेका थिए । सोही विषयमा आज साँझ ५ बजेतिर दुई छिमेकीबीच विवाद उत्पन्न भएको थियो । सो विवादले गम्भीर रूप लिँदा अधिकारीले थापामाथि धारिलो हतियार प्रहार गरेका थिए ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक अर्जुन केसीका अनुसार छातीमा धारिलो हतियार प्रहार हुँदा थापा गम्भीर घाइते भएका थिए । घाइते उनको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याउनासाथ मृत्यु भएको डिएसपी केसीले बताए ।

मेरो खेतमा घाँस किन काटिस् भन्दै वृद्धले गरे युवकमाथि चक्कु प्रहार

यो पनि पढ्नुहोस
सुनसरीमा छिमेकीबीच विवाद : वृद्धले चक्कु प्रहार गरी लिए युवकको ज्यान
सुनसरीमा छिमेकीबीच विवाद : वृद्धले चक्कु प्रहार गरी लिए युवकको ज्यान
सुनसरीको इटहरी उपमहानगरपालिकामा छिमेकीबीच विवाद सिर्जना हुँदा एक जनाको ज्यान गएको छ । दुई छिमेकीबीच भएको सामान्य…
शुक्रवार, असोज ८ २०७८
‘घाँस काटेको विषयमा दुई पक्षबीच भएको झगडाले गम्भीर रूप लिँदा थापाको छातीमा धारिलो हतियार प्रहार भएको रहेछ’, केसीले केटिएम दैनिकलाई भने । उनका अनुसार चक्कु प्रहार गर्ने अधिकारी पनि घाइते भएको छन् । गम्भीर घाइते उनको बिपी प्रष्ठिानमै उपचार भइरहेको उनले जानकारी दिए ।

Related Articles

Back to top button