समाचार

म अ’प’रा’धी हो भन्दै कमलाको प्रेमी मीडियामा, श्रीमानसँग फर्किन अनुरोध मबाट ठुलो भुल भयो (भिडियो सहित)

म अ’प’रा’धी हो भन्दै कमलाको प्रेमी मीडियामा, श्रीमानसँग फर्किन अनुरोध मबाट ठुलो भुल भयो (भिडियो सहित)

प्रकाशित मिति: बिहिबार, आश्विन ०७, २०७८ समय: २०:४९:२६
3
Shares
facebook sharing button 3messenger sharing buttontwitter sharing buttonwhatsapp sharing buttonprint sharing button

झापा निवासी प्रेम तामाङ जसको श्रीमती कमला तामाङ बिगत ८ महिनादेखि सम्पर्क बिहीन थिइन् र उनलाई मिडियाको पहलमा उनका तीन छोराहरू र श्रीमती सहित रुपन्देही जिल्लाको कञ्चन गाउँपा लिकामा गएर भेट समेत गरेका थिए।उनलाई एकजना व्यक्तिले बिहे गर्ने भनेर त्यहाँ लगेर राखिएको पनि खुल्न गएको छ।त्यतिबेला कमला तामाङले आफू कुनै पनि हालतमा उसँग बस्न नसक्ने र आफूहरूलाई छोराछोरी प्रति पनि माया नलाग्ने भनेपछि दुइजनाबीच हात हालाहाल समेत भएको थियो।

अहिले त्यी नै कमला तामाङलाई लैजाने र त्यस ठाउँमा लगेर राख्ने एकजना व्यक्ति जो हाल विदेशमा रहेछन्।उनको श्रीमती होबी बिकसँग सम्पर्क गरेर बुझ्दा उनका श्रीमान देवीराम बिक जसको चार जना छोराछोरी समेत रहेछन् र उनको जेठा छोरा समेत २५ वर्ष पुगिसकेका रहेछन्।श्रीमती होबी बिकले मिडिया मार्फत कमला तामाङ को बारेमा सुनेपछि उनलाई आफ्नै श्रीमानले यस्तो गरेको होला भ्न्ने समेत थाहा थिएन।बिचरा कस्तो छोराछोरीको समेत माया नलाग्ने कस्ती खालको महिला रहेछ भनेर समेत कुराकानी गरेको उनले बताएकी थिइन्।

उनी भन्छिन्,आफू यीनै चार जना छोराछोरीकै लागि संसार छोड्न नसकेर बसेको तर यो कस्तो निर्दयी महिला रहेछ भन्ने लागेको थियो।त्यी कमला तामाङले भनेकी थिइन्,आफैंले जन्म दिएका छोराहरूको अगाडि माया लाग्दैन भने पछि छोराहरूको आँखामा आँसु टिलपिल भैरहेको थिए।उनले भनिन्, म त्यो घरबाट अघाएर हिँडेको हो,हिँड्नु हुँदैन थियो,हिँडे, गल्ती गरिन त भन्दिन तर अब म त्यो घर जाँदिन।मेरो मन म’रे’र आइसकेको छ,मलाई मे’रे’र आइ सकेको छ,मलाई मेरा छोराहरूको पनि माया लाग्दैन,मैले पाइदिने काम हो,मैले पाइदिएँ,अब सम्पूर्ण जिम्मेवारी परीवारले नै लिनुपर्ने हुन्छ किनकि छोराहरू भनेको उनीहरूको र’ग’त हो।अहिले बिहे गरेको केटासँग दस बर्ष अघिदेखिको सम्बन्धमा थिएँ।

श्रीमान बिदेश मै रहदा आफ्ना तीन नावालक छोराहरु छोडेर एक महिला अर्कै पुरुषसग भागेकी भनिएकी प्रेम तामाङकि श्रीमती त्यी महिला कमला तामाङ अहिले रुपन्देही जिल्लाको कञ्चन गाउँपालिका मा रहेको जानकारी प्राप्त भएपछि तीन छोराहरू सहित श्रीमान र युवा मन नेपालका पत्रकार किशोर श्रेष्ठ सहित अहिले रुपन्देहीको पुगेका थिए।त्यहाँ पुग्दा कमला तामाङ घर छोडेर बाहिर निस्किसकेको थिइन्।

झापाको दमक घर भएका प्रेम बमजन तामाङ उनी आफू बिदेशमै हुदाँ बाट श्रीमती घर छोडेर हिडिन। आफू नेपाल आउन लाग्दा श्रीमती हिडेको उनले बताएका थिए। आफू बिदेशमा हुदाँ श्रीनतीसगँ त्यस्तो कुनै मनमुटाव नभएको उनले पनि उनले भनेका थिए । आफुसगँ दैनिक राम्रोसगँ कुराकानी हुने गरेको बताउने उनी अरु कोहि सग गएको जस्तो आफुलाई नलागेको बताएका थिए तर श्रीमती भन्छिन्,मेरो सम्बन्ध १० वर्ष अघि देखिको हो र उसैले मलाई रुपन्देहीमा कोठा खोजेर राखिदिएको हो। उसको घर म्याग्दी हो र हाल उ विदेशमै छ।

Related Articles

Back to top button