रातको २ बजे शंकास्पद अवस्थामा हिँडिरहेका ३ जना पक्राउ, ५४ लाख कमाउन बुन्दै थिए यस्ता योजना
रातको २ बजे शंकास्पद अवस्थामा हिँडिरहेका ३ जना पक्राउ, ५४ लाख कमाउन बुन्दै थिए यस्ता योजना
रातको २ बजे शंकास्पद अवस्थामा हिँडिरहेका ३ जना पक्राउ, ५४ लाख कमाउन बुन्दै थिए यस्ता योजना
Share
MORE FROM AROUND THE WEB
Mgid
Mgid
The Transformation Of Chrissy Metz From Toddler To 40
Limelight Media
Holly Luyah Displays Her Thick Thighs And Long Legs
Herbeauty
יישור שיניים שקוף אינויזליין, קצר, מהיר ובמחיר הזול בישראל!
Ha-Shomer
काठमाडौं, असोज ६ । जिल्ला प्रहरी कार्यालयले ५४ लाखबराबरको अवैध जडीबुटीसहित तीनजनालाई पक्राउ गरेको छ । प्रहरीले बेँसीसहर नगरपालिका ७ सहजीदेखि क्याम्पस रोडतर्फ जाने सडकबाट तीनजनालाई पक्राउ गरेको हो ।
PROMOTED CONTENT
Mgid
Mgid
The Transformation Of Chrissy Metz From Toddler To 40
Limelight Media
Make Your Own Product For Your Scalp
Limelight Media
Most Powerful Of The 5 Remaining Communist Countries In The World
Brainberries
पक्राउ पर्नेमा मर्स्याङ्दी गाउँपालिका ६ बस्ने ४८ वर्षका आइतराम तामाङ, सोही स्थान घर भएका ३७ वर्षका रामबहादुर तामाङ र सोही स्थान घर भएका २४ वर्षका मीनबहादुर तामाङ रहेका छन् ।
गए राति सबा २ बजेको समयमा शंकास्पद रूपमा झोला भिरेर हिँडिरहेको अवस्थामा प्रहरी टोलीले जाँच गर्ने क्रममा उनीहरूको साथबाट पाँचऔँले १५ किलो ५ सय ग्राम र निरमसी १३ किलो ४ सय ग्राम बरामद गरेको हो ।
२९ किलो जडीबुटीको रकम अनुमानित ५४ लाख रुपैयाँ रहेको प्रहरीको अनुमान छ ।
पक्राउ परेका उनीहरूलाई मंगलबार नै कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाइएको लमजुङका प्रहरीप्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए ।
डिभिजन वन अधिकृत पूर्णेश्वर सुवेदीले प्रहरीबाट जडिबुटीसहित ३ जना मानिस प्राप्त भएको र आवश्यक अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाइने बताए ।
डीएसपी कार्कीले अवैध जडिबुटी ओसारपसारलाई नियन्त्रण गर्न विशेष योजना बनाई जाँच अघि बढाएको बताए । ‘
लमजुङ र मनाङको लेकाली क्षेत्रमा जडिबुटी पाइने ठाउँ रहेछ । यहाँबाट चोरी निकासी भइरहेको गुनासो आएपछि हामी योजना बनाएरै लागेका छौं’, उनले भने ।