समाचार

रुपामाथि जातीय विभेद गर्ने घरबेटीसँग अदालतले माग्यो १ लाख १५ हजार धरौटी

रुपामाथि जातीय विभेद गर्ने घरबेटीसँग अदालतले माग्यो १ लाख १५ हजार धरौटी

अषोज ६, २०७८ बुधबार 5
twitter sharing buttonfacebook sharing buttonsms sharing buttonwhatsapp sharing button
काठमाडौं । सञ्चारकर्मी रूपा सुनारमाथि जातीय विभेद भएको भन्दै काठमाडौं जिल्ला अदालतले बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई धरौटी तिर्न आदेश गरेको छ।

घरबेटी प्रधानसँगलाई अदालतले एक लाख १५ हजार रुपैयाँ धरौटी माग गरेको छ।

बुधबार मुद्दाको थुनछेक बहसपछि न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले घरबेटी प्रधानलाई एक लाख १५ हजार रुपैयाँ धरौटी तिर्न आदेश दिएको हो।

अदालतले आज तोकेको धरौटी रकम छुवाछूत मुद्दामा हालसम्मकै धेरै भएको बताइएको छ।

गत असार १ मा कोठा हेर्न गएकी सुनारले आफू कामीकी छोरी भएको बताएपछि प्रधानले कोठा दिन अस्वीकार गरेको आरोप लागेको थियो।

आफूमाथि जातीय विभेद भएको भन्दै रूपाले उनीविरूद्ध महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएकी थिइन्। प्रहरीले घरबेटी प्रधानलाई पक्राउ गरी अनुसन्धान गरेको थियो।

जातीय विभेदको आरोपमा पक्राउ परेकी घरबेटी प्रधानलाई ९ असारमा तत्कालीन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले प्रहरी कार्यालयमै पुगेर घरबेटी प्रधानलाई रिहा गराएका थिए।

सरकारका मन्त्री नै हिरासतमा रहेका व्यक्तिलाई लिन गएको भन्दै सुनारले उनीविरूद्ध मुद्दा हालेकी थिइन्।

Related Articles

Back to top button