समाचार

संखुवासभा ह’त्याकाण्डमा परिवारै गुमाएका रमेश कार्कीको साथमा अहिले वृद्ध हजुरबुवा छन् अनि मोबाइलमा छोराछोरीसँग बोलेको

संखुवासभा ह’त्याकाण्डमा परिवारै गुमाएका रमेश कार्कीको साथमा अहिले वृद्ध हजुरबुवा छन् अनि मोबाइलमा छोराछोरीसँग बोलेको एउटा भिडिओ

अषोज ६, २०७८ बुधबार 3
22
Shares
twitter sharing buttonfacebook sharing buttonsms sharing buttonwhatsapp sharing button
छोरा दीपेन र छोरी गोमाको हात समातेर हिँड्दै रमेश। यो तस्बिर उनले सन् २०२० डिसेम्बर १६ मा फेसबुकको कभर फोटोमा राखेका थिए। वृद्ध हजुरबुवा लिएर कहाँ जाने बिलखबन्दमा छन् संखुवासभा हत्याकाण्डमा परिवारै गुमाएका रमेश दस वर्षयता मलेसिया-नेपाल आउजाउ गरिरहेका उनले श्रीमती रञ्जनासँग भदौ २० गते राति ९ बजेसम्म टेलिफोनमा कुराकानी गरेका थिए।

रमेशका अनुसार रञ्जनासँग दिनहुँ टेलिफोन संवाद हुन्थ्यो। रञ्जनासँग कुराकानी भएको दुई दिनअघि मात्र ८ वर्षीय छोरा दिपेन र ४ वर्षीया छोरी गोमासँग उनले भिडिओ कलमा कुरा गरेका थिए।

‘उनले नराम्रो केही सुनाएकी थिइनन्, सबै राम्रै छ भन्थिन्,’ रमेशले भने, ‘छोराछोरीसँग दुई दिनअघि भिडिओमा कुरा गरेको थिएँ, त्यसको भिडिओ रेकर्ड राखेको थिएँ।’पछिल्लो पटक १७ महिनाअघि घर आउँदा छोरी गोमा भर्खर टुकुटुकु हिँड्न थालेकी थिइन्। शरीर सम्हालेर राम्ररी हिँड्ने भइनसकेकी गोमासँगको त्यो प्रत्यक्ष भेट अन्तिम भयो।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

 

Related Articles

Back to top button