अमेरिका छिर्न ३८ लाख तिरेका ६० नेपाली जर्मनीमा पक्राउ
अमेरिका छिर्न ३८ लाख तिरेका ६० नेपाली जर्मनीमा पक्राउ
अमेरिका छिर्न ३८ लाख तिरेका ६० नेपाली जर्मनीमा पक्राउ
Share
MORE FROM AROUND THE WEB
Mgid
Mgid
7 Little-Known Facts About Barron Trump
Limelight Media
The Transformation Of Chrissy Metz From Toddler To 40
Limelight Media
Holly Luyah Displays Her Thick Thighs And Long Legs
Herbeauty
काठमाडौं : काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रुपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्रयांकफर्ट विमानस्थलबाट पक्राउ परेका छन् ।
PROMOTED CONTENT
Mgid
Mgid
יישור שיניים שקוף אינויזליין, קצר, מהיר ובמחיר הזול בישראל!
Ha-Shomer
6 Reasons To Worry About Meghan And Harry Marriage
Limelight Media
It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
Limelight Media
गायिका डिला बिक श्रीमान सहित पहिलोपटक मिडियामा,अब डिलालाइ दोहोरी खेल्न नदि…
पक्राउ पर्नेमा यही रुटबाट मेक्सिको पुगेपछि प्रहरीले फ्रयांकफर्ट फर्काइदिएका र मेक्सिको उड्ने तयारीमा छन् । जर्मनीस्थित नेपाली राजदूत रामकाजी खड्काका अनुसार मेक्सिकोबाट डिपोर्ट भएकालाई मस्को फिर्ता पठाउने जर्मन सुरक्षा निकायले बताएको छ ।
विमानस्थलको ट्रन्जिटस्थित प्रहरी नियन्त्रणमा रहेकामध्ये एक नेपालीले सुरक्षाका कारण आफ्नो नाम नखुलाइदिन आग्रह गर्दै भने, हामी यहाँ ६ दिनदेखि सुरक्षा घेरामा छौं । प्रहरी नियमानुसार अब दुई दिनभन्दा राख्दैन । अझै मेक्सिकोे जाने आसमा छौं ।
ती नेपालीका अनुसार आफन्तको विशवासमा परेर उनीहरुले अमेरिका छिर्नका लागि जनही ३८ लाख रुपैयाँ तिरेका थिए । राजदूत खड्काका अनुसार दूतावासले जर्मनीको सुरक्षा एजेन्सीसँग सम्पर्क गर्दा १८ जना नेपाली आफ्नो नियन्त्रणमा रहेको बताएको छ ।पक्राउ परेकामध्ये ६ जनासँग जापानको नक्कली भिसा भएकाले शंका लागेर समूहका सबैलाई नियन्त्रणमा लिइएको जर्मन सुरक्षा संस्थाले जानकारी दिएको छ ।
फ्रयांकफर्ट विमानस्थलमा कार्यरत श्याम खनालका अनुसार १८ जनासहित मेक्सिकोबाट फर्काइएका र मस्कोदेखि मेक्सिको जान उडेका अन्य नेपालीसमेत गरी करिब ६० जना छन् ।,याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।