समाचार

तीन महिलाहरु एकसाथ पक्राउ ! पुरुषलाई रेष्टुरेन्ट बोलाएर….

३२ र ३५ बर्षका तीन महिलाहरु एकसाथ पक्राउ ! पुरुषलाई रेष्टुरेन्ट बोलाएर यस्तो गरेछन्, अब ३ बर्ष कैद

३२ र ३५ बर्षका तीन महिलाहरु एकसाथ पक्राउ ! पुरुषलाई रेष्टुरेन्ट बोलाएर यस्तो गरेछन्, अब ३ बर्ष कैद

Share
MORE FROM AROUND THE WEB
Mgid
Mgid

It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
Limelight Media

Holly Luyah Displays Her Thick Thighs And Long Legs
Herbeauty

Her Story Is Unbelievable: 10 Facts About Maria Sharapova
Limelight Media
काठमाडौं, असोज ३ । जबरजस्तीकरणी मुद्दा दर्ता गरिदिने भन्दै आर्थिक लाभ लिन खोजेको अभियोगमा दाङमा प्रहरीले तीन जना महिलालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

PROMOTED CONTENT
Mgid
Mgid

6 Reasons To Worry About Meghan And Harry Marriage
Limelight Media

Most Powerful Of The 5 Remaining Communist Countries In The World
Brainberries

Holly Luyah Displays Her Thick Thighs And Long Legs
Herbeauty

आज हरितालिका तीज, यस्तो छ तीजको महिमा – Samachar Post Dainik
घोराहीका एक जना पुरुषसँग होटलमा बसेर बियर र मासु खाएपछि विवाद सृजना गरेर जबरजस्तीकरणी मुद्दा दर्ता गर्ने त्रास देखाई आर्थिक लाभ लिन खोजेको अभियोगमा तीन जना महिलालाई पक्राउ गरि आज प्रहरीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा घोराही १५ का ३२ वर्षिया सीतादेवी थापा, ३५ वर्षिया खुमा वली र ३२ वर्षिया सुस्मा परियार रहेका छन् । गएको असार ६ गते पक्राउ परेकी सीतादेवी थापाले घरायसी समस्या परेको र सहयोग गर्नुपर्ने भन्दै ती पुरुषलाई घोराहीको कोहीनुर रेष्टुरेन्टमा बोलाई उक्त घटना गराएको प्रहरीको दाबी छ ।

होटलमा बसेर मासु र बियर खाएपछि घर फर्कने क्रममा सीतादेवी खाटमा पल्टिएको र उनीहरुले बोलाएको पुरुषलाई गाली गलौज गर्दै जबरजस्तीकरणीमा मुद्दा दर्ता गर्ने भन्दै धम्की दिएको ती पुरुषले प्रहरीमा दिएको निबेदनमा उल्लेख छ ।

अर्को दिन ती पुरुषलाई फोन गरी महिलाहरुले पैसामा मिलाउन र यदी त्यसो नभए मुद्धा दर्ता गर्ने भने पछि प्रतिष्ठामा आँच आउने सोचले एक लाख रुपैयाँ नगद र १७ लाख रुपैयाँको चेक दिएको प्रहरीलाई बताएका छन् । पीडित भनिएका पुरुषको भने प्रहरीले नाम खुलाएको छैन् ।
ती महिलाहरुले ५० लाख रुपैयाँ माग गरेपछि ती पुरुषले आवश्यक प्रमाण सहित प्रहरीमा उजुरी गरेको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए । पक्राउ परेकाहरु विरुद्ध अपराधिक विश्वासघात तथा अपराधिकलाभ सम्बन्धि कसुरमा मुद्दा दर्ता गरिने प्रहरीको भनाई छ ।

उक्त कसुरमा ३ बर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था रहेको छ । पत्रकार सम्मेलनमा ति महिलाहरुले भने आफुहरुलाई फसाईएको बताएका थिए । आफुहरु विरुद्ध मुद्धा दर्ता गर्ने पुरुष नै दोषी भएको उनीहरुको भनाई छ ।

Related Articles

Back to top button