समाचार

आफ्नै आमा बुबाले गरे नौ महिनाकाे बालकलाई…

आफ्नै आमा बुबाले गरे नौ महिनाकाे बालकलाई घाँटी रेटी हत्या
September 16, 2021 adminदेश / समाचारNo Commenton आफ्नै आमा बुबाले गरे नौ महिनाकाे बालकलाई घाँटी रेटी हत्या

रुपन्देही – संसारमा भगवान भन्दा पनि ठुलो देवता भनेको आमाबुबा मानिने गरिन्छ।छोराछोरीलाई ज्वोरो आयो भने आमाबुबा रातभरि न सुती आफ्नो बालबालिकाकाे उपचारका निम्ति काँहा काँहा पुर्‍याउँछन् यो कस्तो कलियोग हो आफ्नै नौ महिनाको बच्चालाई आफ्नै आमाबुबा द्वारा घाँटी रेटी हत्या गरिएको छ।

रुपन्देहीको गैंडहवा गाउँपालिका वार्ड न ६ सुर्यपुरा बजार नजिकै बस्ने श्रीराम मल्लहा(गानि)नाम गरेको र निजको श्रीमती रेनु माल्लहा ले शनिबार राति अंदाजी १बजे आफ्नै घरको छतमा आफ्नो नौ महिनाको छोरा सुरज मल्लहालाई धारिलो हसीयाले घटी रेटी हत्या गरी आफ्नै

घरको बेडमा लगेर राखेर आफ्नो बच्चाको हत्या भएको भनी हल्लाखल्ला गरेपछि स्थानीयले थाहा पाएको स्थानीयवासीले बताएका छन। थप अनुसन्धानका लागि मृतकका आमा बुबालाई इलाका प्रहरी कार्यालय लुम्बिनी पठाइएको सुर्यपुरा प्रहरी कार्यालयका प्रमुख राज कुमार पहाडीले जानकारी दिए।

हत्याको कारणका लागि सोधपुछ गर्दा भएको सम्पत्ति सबै ठुलाे दिदी आकालमती मल्लाहालाई मेरो आमाले नामसारी गरिएको र मेरो लागि नत नागरिता छ।न त छोराकाे जन्मदर्ता छ।यसै कारणले आफ्नो छोराको हत्या गरि आफू र आफ्नो श्रीमतीको पनि हत्या गर्ने मृत्युका बुबा श्रीराम मल्लाहाले प्रहरीले पक्राउ गर्ने अवस्थामा बताएको स्थानीयवासीले जानकारी दिएका थिए।

Related Articles

Back to top button