समाचार

परिबार पाल्न मलेसिया गएका प्रमोद उतै सधैका लागी अस्ताए !! हार्दिक श्रद्धाञ्जली

परिबार पाल्न मलेसिया गएका प्रमोद उतै सधैका लागी अस्ताए !! हार्दिक श्रद्धाञ्जली

By
न्युज नेपाल
September 12, 2021
0
65
Share\\

परिबार पाल्न मलेसिया गएका प्रमोद उतै सधैका लागीअस्ताए !! हार्दिक श्रद्धाञ्जली

दिनेश खड्का खप्तडि/ क्वालालम्पुर/ मलेसियामा एक नेपालीको शुक्रवार दिउसो मृ’त्यु भएको छ । दाङ जिल्ला राप्ती नगरपालिका घर भई मलेसियाको वातुपहातमा रहेको सगंलिन गार्मेट कम्पनीमा कार्यरत ३२ बर्षिय प्रमोद शर्माको मृ’त्यु भएको हो ।

मृगौलामा समस्या देखिएपछि शर्मा केहि दिन अगाडि मात्रै अस्पतालमा भर्ना भएर उपचार गराईरहेका थिए । उपचारकै क्रममा शर्माको मृ’त्यु भएको हो । शर्मा रोजगारीको लागि आठ वर्ष अगाडि मलेसिया आएका थिए । मृत’क शर्माको परिवारमा श्रीमती एक छोरा र एक छोरी रहेका छन । ला’स लाई आवश्यक प्रकृया पुरयाएर नेपाल पठाउने तयारीै भैरहेको छ ।

रास्ट्र डेली बाट

मलेसिया सरकारले सञ्चालनमा ल्याएको यहाँ अवैधानिक हैसियतमा कार्यरत रहेको विदेशी कामदारहरुलाई स्वदेश फर्काउने कार्यक्रम अन्तर्गत अगस्ट २० तारिखसम्म ९६ हजार ८ सय ९ जना विदेशीहरु स्वदेश फर्किसकेका छ्न।

मलेसियामा वैधानिक कागजात नभएका (अवैधानिक) हैसियतमा कार्यरत रहनु भएका नेपालीसंगै इन्डोनेशिया , ईन्डिया , पाकिस्तान , म्यानमार , भियतनाम लगायतको देशको विदेशी अवैधानिक कामदारहरुलाई ऊनीहरुको आफ्नै देश फर्काउनलाई सञ्चालनमा ल्याइएको कार्यक्रम ( रिक्यालिब्रेशन पुलाङ्ग ) कार्यक्रमको सदुपयोग गरि अहिलेसम्म ९६ हजार भन्दा धेरै अवैधानिक विदेशी कामदारहरु स्वदेश फर्किसकेको मलेसियन आप्रवासन नियन्त्रण बिभाग (जेआईएम) का उप – महानिर्देशक दातोक मखजान मुह्ममदिनले बताउनुभएको स्थानीय सञ्चार माध्यमले समाचारमा प्रकाशित गरेको छ।

स्वदेश फर्किने अवैधानिक विदेशी कामदारहरुले आफ्नो साथमा पासपोर्ट अथवा सम्बन्धित देशको दूतावासले जारी गरेको यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) , हवाई टिकट , ७२ घण्टे भित्रको कोरोना पिसिआर रिपोर्ट लगायतको कागजात लिएर मलेसियाको सेपाङमा अवस्थित केयलआईए अन्तर्राष्ट्रिय विमानस्थलमा गैई जरिवाना बापतको आरएम ५०० रिंगेट तिरेर सिधै स्वदेश फर्किन पाउने ब्यवस्था गरिएको छ उहाँले बताउनुभयो।

त्यस्तै उहाँले थप बोल्दै भन्नूभयो कि ” स्वदेश , घरफिर्ती कार्यक्रमसंगै सरकारले अवैधानिक कामदारलाई वैधानिक बनाई पुनः काममा भर्ती गर्ने (लेबर रिक्यालिब्रेशन रिहाईरिङ्) पुनः भिसा लगाउन मिल्ने कार्यक्रम अन्तर्गत अगस्ट २० तारिखसम्ममा १ लाख ७४ हजार भन्दा बढी अवैधानिक विदेशी कामदारहरुले रोजगारदाता कम्पनीसंगको सहायतामा वैधानिक हुनलाई आवेदन दिइसकेको बताउनुभयो।

अहिले मलेसियामा नयाँ विदेशी कामदार भर्ना कार्यक्रम बन्द रहेकोले मलेसियामा जुन-जुन क्षेत्रमा रोजगारदाता , कम्पनीहरुलाई कामदारको कमि भैइरहेको छ , उहाँहरुले यहीँ कार्यक्रमको सदुपयोग गरि , रिक्यालिब्रेशन रिहाईरिङ् गरि अवैधानिक कामदारहरुलाई वैधानिक बनाई काममा लगाउन सक्नु हुनेछ र तत्काललाई कामदार अभावको पुर्ति गर्न सक्नुहुनेछ उप-महानिर्देशक मखजान मुह्ममदिनले बताउनुभयो।

डिसेम्बरसम्म सञ्चालनमा ल्याएको रिहाईरिङ् कार्यक्रम अन्तर्गत निर्माण क्षेत्र , वृक्षरोपण , कृषि , उत्पादन र सेवा क्षेत्र गरि पाँच वटा क्षेत्रमा अवैधानिक कामदार भर्ना गर्न सकिने ब्यवस्था गरिएको बताउनुभयो।

रिहाईरिङ् कार्यक्रममा स्वच्छ वैधानिक कागजात नभएका बाहेक जटिल मुद्दा खेपिरहेका , केहि अनैतिक क्रियाकलापमा सङ्लग्न भैइ प्रहरीद्वारा पक्राउ परेका अवैधानिक विदेशी कामदारहरुले भने यस् कार्यक्रममा सहभागी हुन नसकिने बताउनुभएको छ।

 

Related Articles

Back to top button