मनोरंजन

आज गायक प्रकास सपुतको जन्मदिन , कति वर्षमा लागे त उनि ?

आज गायक प्रकास सपुतको जन्मदिन , कति वर्षमा लागे त उनि ?
September 14, 2021 admin ebihaniमनोरंजनNo Commenton आज गायक प्रकास सपुतको जन्मदिन , कति वर्षमा लागे त उनि ?

आज गायक प्रकास सपुतको जन्मदिन परेको छ। हामीले प्रकास सपुत भन्ने बित्तिकै पहिला बोल माया गित सम्झन्छौ। उक्त गीतले ३ करोड नेपालि जनतालाई रुवाएको थियो। पर्देशिएका नेपालि दाजुभाइ अनि दिदीबहिनीको यथार्थ घटनामा आधारित गित बनाएका थिए प्रकास सपुतले।

प्रकाश सपुतको पछिल्लो गीत ‘कुरा बुझ्न पर्च’ युट्युबमा अपलोड भएको बाह्र दिनसम्म ट्रेन्डिङ वानमै थियो । उक्त गीत अहिले युट्युबमा १ करोड भन्दा माथि हेरिएको छ । महिलाको आत्मसम्मान र अधिकारका विषयलाई उठाइएको उक्त गीत धेरैले रूचाएका छन्। गीतलाई लिएर अहिले धेरै सकारात्मक प्रतिकृयाहरू आइरहेको प्रकाश सुनाउँछन्।

‘दर्शकहरूले गीतलाई समाज र विषयवस्तुसँग जोडेर हेर्न थाल्नुभएको छ। यो गीतमा पनि उहाँहरूले स्वस्तिमा र आँचल नाचेको मात्र हेर्नुभएन वा शान्तिश्री र समीक्षाको स्वरमात्र सुन्नुभएन। त्यसरी गीतमा उठाइएका विषयलाई दर्शकले मज्जाले ग्रहण गरिदिँदा खुसी लाग्छ,’ उनले भने।

खासमा यो गीत प्रकाशले दुई वर्षअगाडि नै फुराएका थिए। ‘कुरा बुझ्न पर्च, जसले माया गर्छ उसलाई जोवन खर्च’ भन्ने लाइन फुर्नासाथ उनले मोबाइलमा रेकर्ड गरेर राखेका थिए। यसपालि भने तीजको छेको पारेर त्यहीँ लाइनलाई तन्काएर उनले गीत पस्किएका थिए।

‘यो रमाइलो खालको गीत हो। दुई वर्षअगाडि नै एक लाइन मोबाइलमा रेकर्ड गरेको थिएँ। पछि त्यसलाई नै जोडेर महिलाहरूले आफ्ना लागि कस्ता श्रीमान् चाहन्छन् भन्ने भयो। त्यसरी नै सोचेर यो गीतको विषय छनोट गरें,’ उनले भने, ‘कुनै गीत गर्छु भनेर लागेपछि मेरो टाउकोमा त्यसलाई मात्र बोकेर हिँड्छु। हरेक कुरा गर्दा त्यसबाट गीतमा केही कुरा लिन सकिन्छ कि भनेर सोचिरहन्छु। यो गीत गर्दा पनि मेरी सानी छोरीसँग धेरै समय बिताएको छु’ उनले भने ।

विदेश जान्छु भनेर हिडेका सपुत केहि कारणले जान नपाएपछि उक्त पैसाले काठमाण्डुमै बसी संगीत किताब किनेर पढ्न थाले। गित संगीत प्रति उनको रुचि बढ्न थाल्यो। बिस्तारै उनको पाइला गित संगीत तिरै लम्कन थाल्यो। उनि मोडलिङ्ग बात सुरु गरे आफ्नो गित संगीतको यात्रा।

उनले सबै चिज बुझिसकेपछि लय अनि शब्दमा पनि आफ्नो कलम चलाउन थाले। धेरै पर्देशिएका नेपालीहरु काठको बाकसमा फर्किएको देख्दा उनले गित मार्फत उक्त घटनाहरुलाई उतारे। आज उही प्रकास सपुतको गित मौलिक अनि यथार्थ हुन्छ।आज गायक प्रकास सपुतको जन्मदिन परेको हुदा उनलाई हामी सबैको तर्फा बाट जन्मदिनको हार्दिक शुभकामना ।

Related Articles

Back to top button