मलेसिया गएपछि किन घर बिर्सिन्छन नेपाली ? १६ बर्स सम्मपनि फर्केनन् सर्बजित
मलेसिया गएपछि किन घर बिर्सिन्छन नेपाली ? १६ बर्स सम्मपनि फर्केनन् सर्बजित
मलेसिया गएपछि किन घर बिर्सिन्छन नेपाली ? १६ बर्स सम्मपनि फर्केनन् सर्बजित
Share
MORE FROM AROUND THE WEB
Mgid
Mgid
The Transformation Of Chrissy Metz From Toddler To 40
Limelight Media
Make Your Own Product For Your Scalp
Limelight Media
מכשיר זה להסרת שיער בלייזר אינו מגרה את העור
Skin Silker Pro
काठमाडौँ । रोजगारीका लागि मलेसिया गएका पर्वतका एक युवा १६ वर्षदेखि वेपत्ता भएका छन्। महाशिला गाउँपालिका–१ होश्राङ्दीको अर्गाउदीका उमाराज र विष्णुमाया विकका छोरा सर्वजित विक सम्प’र्कविहीन भएका हुन्।
PROMOTED CONTENT
Mgid
Mgid
להסיר שיער לא רצוי מכל חלק בגוף ללא כאב
Skin Silker Pro
7 Little-Known Facts About Barron Trump
Limelight Media
The Transformation Of Chrissy Metz From Toddler To 40
Limelight Media
विहे गरेकी श्रीमती ‘भ,र्जि’न’ नभएपछि… – Samachar Post Dainik
विसं २०६२ मा रोजगारीका लागि मलेसिया गएका सर्वजित हालसम्म परिवारको सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन अपिल गरेका छन्।
१६ वर्षसम्म छोराको अत्तोपत्तो नभएपछि खोजी गरिदिन आमा विष्णुमायाले सबैलाई अपिल गरेकी छन्। राम्रो लाउने मीठो खाने सपना बोकेर धन कमाउने आशामा विदेश गएको छोरा बेपत्ता भएपछि आफूहरुलाई ठूलो बज्रपात भएको उनले बताइन्।
‘घरको आर्थिक समस्याले छोरालाई विदेश पठायौँ तर १६ वर्षसम्म छोराको अत्तोपत्तो नपाउँदा हामी छोराकै पिरले दिनको भोक न रातको निद भएका छौँ,’ विष्णुमायाले भक्कानिँदै भनिन्, ‘मलेसिया गएको चार वर्षसम्म छोराले फोन गरिरने गरे पनि त्यसपछि कुराकानी हुन छोडेको छ। अहिले उ कहाँ कस्तो अवस्थामा छ कुनै जानकारी छैन।’
लामो समयसम्म पनि छोरो घर नफर्केपछि आमाबाबु चौबिसै घण्टा पिरोलिने गरेको बेपत्ता सर्वजितकी भाउजू सम्झना विकले बताइन्। काठमाडौँ मेभ मे’नपा’वरबाट मलेसिया गएका सर्वजित मलेसियाको सेलेङगर भन्ने ठाउँमा (निलेइ कम्पनी( हेन गल्वस कम्पनीमा काम गरेको उनका आफन्त विष्णुराम विकले बताए।
चार वर्षसम्म सोही कम्पनीमा काम गरेको र त्यसपछि त्यहीँबाट सर्वजित सम्पर्कबिहीन भएका उनको भनाई छ। सर्वजितलाई विदेश पठाउने मेनपावर अहिले बन्द भएको छ ।
हालसम्म धेरै खोजी गर्दा पनि सर्वजितको अवस्था पत्ता नलागे पनि विक परिवार अझै पनि छोरो घर फर्किन्छ भन्ने आशामा छन्। छोरा गएको ठाउँ मलेसिया लगायत सबैतिर खोजिदिन परिवारले सरकारलाई आग्रह गरेका छन्।