चर्चित गायिका : विष्णु माझीको माइत पुग्यो प्रहरी, आयो यस्तो जवाफ
चर्चित गायिका : विष्णु माझीको माइत पुग्यो प्रहरी, आयो यस्तो जवाफ
भाद्र २८, २०७८ सोमबार 12
39
Shares
twitter sharing buttonfacebook sharing buttonsms sharing buttonwhatsapp sharing button
गायिका विष्णु माझीलाई खोझ्दै प्रहरी उनको माइतीघर पुगेको छ । भूमिगतजस्तै
रहेकी गायिका माझीको अवस्थाबारे बुझ्न प्रहरी उनको माइतीघर पुगेको हो ।
स्याङ्जाको चापाकोटस्थित माझीको माइतीघर पुगेर उनको अवस्थाबारे बुझ्ने काम
भएको स्याङ्जा प्रहरी प्रमुख होबिन्द्र बोगटीले जानकारी दिए ।श्रीमान सुन्दरमणि
अधिकारीको शब्दमा माझीले गाएको ‘चरी जेलैमा’ बोलको गीत यतिबेला निकै नै
चर्चामा रहेको छ । लामो समयदेखि सार्वजनिक नभएकी माझीलाई उनका श्रीमान
सुन्दरमणिले बाहिर आउन नदिएको हल्लाहरु बारम्बार चल्ने गरे पनि प्रहरी प्रशासनले पुष्टि गर्न सकेको छैन ।
एमसीसी चाहियो भन्नेहरु देश छाडेर अमेरिका जानुस् : प्रकाण्ड
Enews Nepali
@Enewsnepali
एमसीसी चाहियो भन्नेहरु देश छाडेर अमेरिका जानुस् : प्रकाण्ड
FacebookTwitterPrintEmailMore
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले एमसीसी सम्झौता खारेज हुनुपर्ने बताएका छन।
राजधानीमा आज नेकपाले एमसीसी विरुद्ध आयोजना गरेको जनसभामा बोल्दै प्रवक्ता प्रकाण्डले एमसीसी मन पर्नेहरुलाई नेपाल छोडेर अमेरिका जान समेत आग्रह गरे।
प्रकाण्डले भने, ‘एमसीसी मन पर्नेहरु नेपाल छोडेर अमेरिका जानुस्, नेपालमा बसेर एमसीसी पास गर्ने योजना नबनाउनुस्।’
उनले यदि नेपालमा बसेर एमसीसी पास गरे यो योजना पास गर्नेलाई देश निकाला गर्ने चेतावनी दिए।
प्रवक्ता प्रकाण्डले एमसीसी सम्झौता गरेर प्रधानमन्त्री देउवाले गल्ती गरिसकेको भन्दै अहिले सच्चिने अन्तिम मौका रहेको उनले बताए।
उनले भने, ‘देउवाजी तपाईले एमसीसी सम्झौता गरेर पहिलो गल्ती गर्नु भो, अब दोस्रो गल्ती नगर्नुस्, सच्चिनुस्।’
उनले यो योजना पास गरे देउवा ५०–५५ अर्बको नोकर हुने पनि बताए।
प्रवक्ता प्रकाण्डले एमसीसी पास गर्न खोजे प्रतिकार गर्ने समेत चेतावनी दिए।
‘विदेशीको पाउमा परेर सत्ता र कुर्सी स्वार्थका निम्ति नेपाली भूमि बेचबिखन गर्ने काम भयो भने नेपाल कम्युनिष्ट पार्टीले आन्दोलनको आँधिबेहरी थाल्नेछ,’ उनले भने, ‘देउवाजीको नेतृत्वको सरकार संकटको भूमरीमा परेको छ। ६/७ महिनापनि चल्छ की चल्दैन।’
प्रकाण्डले नेपाली जनतालाई व्यवस्था चुन्ने अधिकार दिलाउने व्यवस्था जनमतसङ्ग्रहको चुनावमा आउन समेत आग्रह गरे।
संसदीय चुनाव भए देश झन् बर्बाद हुने भन्दै उनले यो चुनावको औचित्य नभएको भन्दै अब व्यवस्था छनोटका लागि जनमत संग्रह हुनुपर्नेबताएका हुन।