साग बेचेर गुजारा भरतमणिको चिया पसल पुग्दा भाईबहिनीले खोले भरतको गुप्य कुरा (भिडियो हेर्नुस्)
साग बेचेर गुजारा भरतमणिको चिया पसल पुग्दा भाईबहिनीले खोले भरतको गुप्य कुरा (भिडियो हेर्नुस्)
भाद्र २८, २०७८ सोमबार 5
198
Shares
twitter sharing buttonfacebook sharing buttonsms sharing buttonwhatsapp sharing button
चिया पसल पुग्दा उनका भाइबहिनीले भरत र उनीहरूको सम्बन्ध बारे कुरा गरेका छन् ।भरतका एक बहिनी कोपिला पौडेल र भाइ नुबेश पौडेल छन् ।आफ्नो दाजु भरत च्याम्पियनको उत्कृष्ट ३ मा परेको र उनको मेहनतले हाँगा हालेको देख्दा दुबै जना निकै खुशी छन् ।
दाजु यतिसम्म आइपुगेको र अब विजेता बनेको हेर्ने उनिहरुको इच्छा छ ।सानै देखि भरत निकै चंचल रहेको ,अरुको नक्कल गर्ने र गाउँमा प्रोग्राम हुँदा गीतहरू गाउने गरेका बहिनीले बताइन् ।सबैको दाजुबहिनी जस्तै भरतसंग झ गडा गर्ने,जिस्किने रहेको हुँदा दाजुसँग एकदमै राम्रो सम्बन्ध रहेको बताए ।
भाइ नुबेशको चाहिँ भरतसँग ८ वर्षको उमेरको भिन्नता रहेको हुँदा आफ्नो लागि भरत अभिभावक जत्तिकै भएको बताए ।पहिले रेडियोमा काम गर्ने गरेका भरतले आफ्नो भविष्य खोज्दै काठमाडौ छिरेको र उतै केही गर्नलाई राजधानी छिरेको बताए ।
भरतको उमेर भएको र दाजुले आफुले मनपर्ने मान्छे रोजेर भाउजु ल्याइदिए हुन्थ्यो भन्छन् कोपिला र नुबेश ।परिवारमा सबैको कुरा एकअर्कामा बाढिने भएर सबैको कुरा सबैलाइ थाहा हुने पनि बताए ।ताप्लेजुङका सबै मान्छे भरतले जितेको हेर्न चाहेको र परिवारले पनि उनले च्याम्पियन जितेर भविष्यमा उन्नति गरेको हेर्न चाहेको कुरा बताए ।
भिडियो हेर्नुस् :-