समाचार

जनकपुरमा शिक्षक र शिक्षिकाको कुटाईबाट विद्यार्थीको हात भाँचियो

जनकपुरमा शिक्षक र शिक्षिकाको कुटाईबाट विद्यार्थीको हात भाँचियो
भदौ २७, २०७८ – by Samaj Patra

recommended by
Mgid
Mgid

SKIN SILKER PRO
גאדג’ט להסרת שיער בלייזר: מדוע כל גבר זקוק לו בדחיפות
ללמוד עוד
जनकपुरमा शिक्षक र शिक्षिकाको कुटाइबाट एक विद्यार्थीको हात भाँचिएको छ।

निजी विद्यालयका शिक्षक–शिक्षिकाले कुटेपछि जनकपुर उपमहानगरपालिका वडा नम्बर ४ स्थित स्वस्तिक इङ्लिस बोर्डिङ स्कुमा कक्षा ४ मा अध्ययनरत् सिद्धार्थ ठाकुर घाइते भएका हुन्।

recommended by
Mgid
Mgid

COOLING BRA PRO
אין יותר כאבי גב! קבל אפקט שכיבה למעלה תוך 3 שניות
ללמוד עוד
विद्यालयकी शिक्षिका शोभा साह र शिक्षक रब्बानी हुसैनले कुटपिट गर्दा उनको दाहिने हात भाँच्चिएको हो। सिद्धार्थका बुवा जितेन्द्र ठाकुरका अनुसार गएको बुधबार होमवर्क नबनाएको भन्दै शिक्षिका साहले उनलाई पाइपले निर्घात कुटेकी थिइन्।

बिहीबार समेत शिक्षक रब्बानीले डस्टर लिएर हातको सोही भागमा हिर्काउँदा दुखाई सहन नसकेर सिद्धार्थ चिच्याउँदै घर भागेका थिए। लगत्तै सिद्धार्थका बुवा जितेन्द्रले विद्यालयका प्राधानाध्यपक श्यामसुन्दर साहलाई कुटपिट गरेको गुनासो सुनाउन पुगेका थिए।

स्कुलका शिक्षक तथा शिक्षिकाले त्यसअघि समेत सिद्धार्थलाई पटक–पटक कुटपिट गरेका थिए। तर बदमासी गर्दा पिटेको होला भनी वास्ता नगरेको उनले बताए।

बच्चाले जति बदमासी गरे पनि निर्घात कुट्न नहुने शिद्धार्थका अभिभावकको गुनासो छ।

Related Articles

Back to top button