समाचार
शान्ता चौधरीका ‘बा’ केपी ओलीले खुवाए तीजको दर
काठमाडौं – परम्पराअनुसार हिन्दू महिलाहरूको पर्व हरितालिका तीज भोलि बिहीवार मनाइँदैछ । तीज ब्रतको अघिल्लो साँझ दर खाने चलन छ ।निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले महिला सांसद तथा नेत्रीहरूलाई निजी निवास बालकोटमा बोलाएर आज बुधवार दर खुवाएका छन् ।दरका रूपमा बालकोटमा खीर लगायतका विभिन्न परिकार तयार गरिएको जनाइएको छ ।एमाले सचेतक शान्ता चौधरीले सामाजिक सञ्जाल फेसबुकमार्फत बा ओलीले दर खुवाएको जानकारी दिएकी छन् ।अध्यक्ष ओली र उनकी पत्नी राधिका शाक्यलाई ‘बाआमा’को सम्बोधन गर्दै सांसद चौधरीले लेखेकी छन्, ‘आज हामी दिदीबहिनी माइत गएको, बालकोटमा आमाबाले दर खुवाएको ।