समाचार

तीज मान्न माइती गएकी सीतालाई अचानक घर बोलाएर किन गरियो ह,त्या ?

बुटवल । हिन्दू नारीहरुका सामू तीजको रमझम भित्रिएको बेला रुपन्देहीमा एउटी चेलीको निकै रहस्यमय मृत्यु घटना बाहिर आएको छ । दुई वर्ष अघिमात्र विवाह बन्धनमा बाँधिएकी रुपन्देही तिलोत्तमा-८ मणिग्रामस्थित ४ नम्बर टोल माइती घर भएकी २७ बर्षीया सीता भण्डारी पौड्यालको आफ्नै घरमा रहस्यमय मृत्यु भएको घटना सार्वजनिक भएको छ ।

उक्त नगरपालिका-५ घर भएका ४३ बर्षीय टीका पौड्यालकी श्रीमती सीताको आफ्नै घरको कोठामा रहस्यमय मृत्यु भएको घटना मंगलबार माइतीजनले पत्रकार सम्मेलन गरि बाहिर ल्याएका हुन् ।

भदौ ६ गते तीजसमेत मानेर घर फर्किने गरि माइतीमा आएकी सीतालाई श्रीमान टीकाले भदौ १९ गते दिउँसो घरमा भतिजको बर्थडे छ ‘तिमी घर जाउ म पनि साँझ घर आउँछु’ भनेर पाल्पाबाट फोन गरे ।

मृतक सीता पौड्याल
उनले श्रीमानको बचन हार्न नसकी उनी घर फर्किइन् । उनी त्यस दिन दिउँसो घरबाट हिँडेका थिए । माइतीले उनी घरबाट हिँडेदेखि राति ९ बजेसम्म माइतीले फोन गरिरहे तर उनको फोन उठ्दै उठेन । अर्काे दिन एक्कासी अर्को माइतीलाई काम छ भनेर टीकाको घरबाट बोलाइयो । माइतीजन त्यहाँ पुग्दा मुहार रक्ताम्मे अवस्थामा सीताको मृत्यु भइसकेको थियो । उक्त दृश्य देख्न साथ त्यहाँ पुगेका सीताका बाबु-आमा बेहोस भई ढ,ले ।

प्रत्यक्षदर्शी माइतीजनका अनुसार उनी आफ्नै घरको कोठामा मुखबाट र, x ग, त बगेको, गलामा चुङ्गीले क, सि,एको र भुँईमा ल, x डेको अवस्थामा भदौ २० गते विहान मृत फेला परेकी थिईन् । मृतक सीताका बाबु हरिप्रसाद भण्डारीले छोरीको ह, x त्या नै भएको भनि बुटवल ईलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको तर प्रहरीले कि, x टानी जाहेरी लिन नमानेपछि त्यसको विरोधमा सयौं माईतीजनले आज बुधबार दिउँसो त्यस प्रहरी कार्यालयमा धर्ना दिएका छन् ।

श्रीमानका साथमा मृतक सीता
घटनाक्रम यस्तो छ :
तीज मान्न माइती आएकी सीता आमा–बाबुलगायतका माइतीजनसँग तीजमा के के चिजहरु किनमेल गर्ने भन्ने बारे चर्चा पनि चल्दै थियो । त्यही क्रममा एक्कासी उनका श्रीमान टीकाको फोन आयो । ‘ल आज साँझ तिमी घर आऊ दिदीको छोराको बर्थडे मनाउनु छ’ भन्दै टीकाले फोनमा भने ।

टीकाले पाल्पा तानसेनको होलाङदी जाने बाटोमा ‘दि दरबार कटेज एण्ड रिसोर्ट’ सञ्चालन गर्दै आएका छन्। उनले त्यहीँबाट श्रीमतीलाई तिमी घर जाँदै गर्नु म साँझ आउँछु भनेर घर पठाएका थिए । त्यसपछि उनी भदौ १९ गते दिउँसो करिब २ बजेको समयमा माइत बाट घर हिडेकी थिइन् । माइतीजनले भने सीताको ह, x त्या योजनाबद्ध गरिएको भन्दै न्यायको खोजीमा छ ।

मामा आकाश भन्छन् :-
त्यसैदिन साँझ करिव साढे ६ बजेको समयमा सिताका श्रीमान ससुराली आउँछन् र मेरो घरमा आई तपाईकी छोरी अब वितारा पर्ने भई । मैले त आनन्दको जीन्दगी जिउछु भनी धम्कीपूर्ण कुरा गरी अरु केही नबोली अगाडीको ढोका जोडले लगाउँदै हुँईकिदै त्यहाँबाट हिँडे हुन् । मेरी भान्जीको घर र मेरो पसल सँग–सगै छ । उनले मदिरा पिएको आभास हुन्थ्यो । त्यसलगत्तै मैले पटक पटक भान्जीलाई फोन हाने । साँझ ७ बजे देखि साँझ ९ बजे सम्म भान्जीलाई फोन हान्दा पनि फोन उठेन ।

अर्को दिन विहान ५ बजेर २५ मिनेट जाँदा उनका श्रीमानको ८ सेकेन्ड मात्रै मिसकल आयो । हिजो जाँड रक्सी पिएर केहीँ बोलिकी भनेर एस्क्युज गर्न होला भनेर मैले कल ब्याग गरिन । त्यसलगत्तै भाईलाई फोन आएछ । उनले मेरो घर आउनुस् भन्नुको सट्टा मेरो घरमा जानु भनेछन् । के के भयो र भनेर सोध्दा केही भएको छैन एउटा काम छ भनेछन् । सासु ससुरालाई फोन गरेर पनि मेरो घर छिट्टै जानुस् भने छन् ।

कारण सोध्दा केहीँ भनेर मात्र आइहाल्नु पर्ने भयो । अति जरुरी काम पर्यो भने छन् । त्यसपछि मृतककी आमा अर्थात् मेरो दिदी पुनम भण्डारी, भाईहरु पदम पोखरेल र लक्ष्मण पोखरेल पहिला त्यस घरमा पुगेछन् । म पछि मात्रै गएको हुँ । उनीहरुले त्यहाँ पुगेर हामीहरुलाई किन हतार हतार बोलाउनु भएको हो ? मेरी छोरी कता छिन् भनि सोध्दा घरमा भएका सासु ससुराले कुनै जवाफै दिएनछन् ।

त्यति बेलासम्म ज्वाँई घरमा थिएनन् । त्यसको करिव २० मिनेट पछि घरमा ज्वाँई बाहिरबाट घरमा आइ तपाईंहरुको छोरीलाई मा, x , र्नमा प्रमुख हात यसैको छ भनी उनको दिदी (जो चितवनबाट माइत आएकी थिईन् विष्णु पौडेल) लाई औँला ठड्याउँदै कराउन थाले । त्यसपछि मृतका बाबु–आमा छोरी जीवित छैनन् भन्ने ठानेर बेहोस भई त्यही ढलेछन् ।

साथमा गएका सालाहरु पदम पोखरेल र लक्ष्मण पोखरेलले घरभित्र गई हेर्दा अट्याच कोठाबाट वाथरुममा पस्ने ढोकामाथि का, x टिएको चुङ्गी झु, x ण्डि, इरहेको, सीतालाई भुँईमा घोप्टोपारी सिरानीमा टाउको राखिएको, मृतकको दुवै कोखामा नि, x ल,डा, म रहेको, मुखबाट र, x ग, x त बगी अनुहारमा ल, x त्प, x त्तिएको र घाँटीको दायाँ छेउमा गा, x ठो पारिएको चुङ्गीले कसेको अवस्थाम फेला पारेका थिए ।

आशंकाका घेराहरु
घटना राति २ बजे देखि ५ बजे भित्रको भएको देखिन्छ । एउटै कोठामा सुतेकी श्रीमती सीता यदि आ, x त्मा, x ह, x त्या गर्न लागेको भए श्रीमान चाँहीले बचाउने प्रयास गर्न पर्ने कि नपर्ने ? बचाउनकै लागि डोरी पा, x सो का, x टि, x एको हो भने श्रीमतीको ज्या, x न ग, x इसके पछि परिवारका सदस्य र टोल छिमेकलाई खबर गर्ने कि घर छा, डेर भा, ग्ने ?

बिहान ५ बजे पछिको कलले नै स्पष्ट पार्छ कि उनी त्यति बेलैदेखि घरबाट बाहिर निस्की सकेका छन् घटनाको अबेरसम्म पनि प्रहरीलाई स्वयम् श्रीमान वा परिवारका सदस्यहरुले प्रहरीलाई खबर गर्न किन चाहेनन् र माईतीले नै प्रहरीलाई सूचित गर्नु पर्यो ? ससुरालीमा पुगेर अघिल्लो साँझ दिईएको ध, x म्की स्याल कराउनु बाख्रो हराउनु जस्तै हो ?

उनले भदौ ६ गते नै तानसेनबाट गाडीमा बोकेर श्रीमतिलाई तिज मान्ने गरि माईतीमा छाड्न आए पछि फेरी एक्कासी किन बोलाए त्यस साँझ ? कतै योजनाबद्ध त थिएन ? झु, xण्डि, x एर मृत्यु हुने मानिसहरुको प्राय मुखबाट र, x ग, x त ब, गेको नदेखेको जानकारहरु बताउँछन् । तर, सीताको मुखबाट र, x ग, x त निकै ब, x गेको देखिन्छ । शरीरका विभिन्न भागमा नि, x ला डा, x महरु देखिन्छ । झु, x ण्डि, x एर कि घाँ, x टी क, x सिएर मा, x रि, x यो ? यस विषयमा माइतीलाई डाक्टरले झु, x ण्डि,एर आ, x त्मा,ह, x त्या गरेको रिर्पोट दिएको भन्दै त्यसैमा टेकेर प्रहरीले कि, x टानी जाहेर लिन मानेन ।

कतै माथील्लो दवाव त छैन ? माइतीजनले यस्तो आशंका गरेका छन् । श्रोतका अनुसार आरोपी ज्वाँईका एक जना आफन्त नेपाल प्रहरीको माथील्लो पोष्टमा रहेका छन् । आरोपित परिवार निकै पैसावाला पनि हुन् ।

Related Articles

Back to top button