समाचार

नेकपा एमालेद्वारा प्रतिनिधि सभाको बैठक अवरोध

काठमाण्डाै – नेकपा एमालेले प्रतिनिधि सभाको बैठक अवरोध गरेको छ । एमालेले बर्खास्त गरेका १४ जना सांसदलाई हटाउनुपर्नेमा सभामुखले पदमुक्त नगरेको भन्दै एमालेका सांसदहरूले बैठक सुरु हुनासाथ उठेर विरोध गर्दै बैठक चल्न नदिएका हुन् ।

एमालेका सचेतक विशाल भट्टराईले एमाले फुटाउने मनसायका साथ संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याएकोमा आपत्ति जनाउनुभयो । उहाँले सभामुखले माओवादी केन्द्रले सांसद हटाउँदा उनीहरूलाई तत्कालै पदमुक्तको सूचना दिइहाल्ने तर एमालेले १४ जना सांसद हटाउँदा सभामुखले वास्ता नगरेको भन्दै विरोध जनाउनुभयो ।

एमाले विभाजनको लागि मतियार बनेको प्रमुख सचेतक भट्टराईले संसदमै सभामुखको आलोचना गर्नुभयो । अहिले सदनमा एमालेका सांसदहरूले नाराबाजी गरिरहेका छन् ।

 

Related Articles

Back to top button