समाचार

एकै परीवारको ६ जनाको सामुहिक ह,त्या प्रकरणमा प्रहरीले नगद, गरगहना ब,रा,म,द गर्यो, ह,त्यारा नजिक पुग्दै प्रहरी.. ताजा अपडेट

धरानः संखुवासभाको मादी–१ उम्रिङस्थित खोलागाउँमा भएको ह, x त्या प्रकरणमा नयाँ तथ्य खुल्दै गएको छ ।
प्रहरीले उनीहरुको घरबाट ४ लाख ७१ हजार रुपैयाँ र केही सुनसमेत फेला पारेको जनाएको छ । धरानबाट खटिएका एसपी भीमबहादुर दाहालका अनुसार केही रकम र सुन भेटिएको जानकारी दिए । ‘घटनास्थलबाट करिब ७ तोला सुन र ४ लाख ७१ हजार रुपैयाँ नगद फेला परेको छ’, उनले भने । घटनास्थलमा पुगेको प्रहरीले अ,नु,सन्धान गर्ने क्रममा घरमा ७ तोला सुन र त्यति नगद भेटेको उनले जानकारी दिए ।
हालसम्म घ,टनामा सं,लग्न दो,षी पत्ता लाग्न नसकेको प्रहरीले जानकारी दिएको छ । ‘आज (मङ्गलबार) ६ जनाकै शव पो,ष्टमा,र्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएका छौं’, घटनास्थलमा रहेका एसपी दाहालले भने, ‘शव आजमात्रै पुगिसक्छ, भोलि बेलुकासम्ममा पो,ष्टमा,र्टमको रिपोर्ट आउँछ, त्यसपछि केही ‘क्लु’ भेटिन्छ र थप अ,नुसन्धान अगाडि बढ्छ भन्ने हो ।’
मङ्गलबार फरेन्सिकसहितको प्रहरी टोलीले घटनास्थलबाट प्राप्त हुनसक्ने प्रमाणदेखि अन्य कुराहरु सङ्कलन गरिसकेको उनले जानकारी दिए ।
‘प्रहरीको प्रारम्भिक अनुसन्धानमा ६ जनाको एकै प्रकारले ह,त्या गरेको देखिएको छ । ६ जनाको नै टा,उकोमा चो,ट देखिएको छ, प्रायः सबैको टा,उकोमै प्र,हार भएको देखिएको छ, कस्तो वस्तुले टा,उकोमा प्र,हार भएको हो भन्ने खुल्न सकेको छैन, थप अनुसन्धान भइरहेको छ’, उनले भने ।
उनले केही ‘क्लु’ का आधारमा प्रहरी अ,प,राधीको नजिक पुगिसकेको पनि दावी गरे । ‘विभिन्न कोणबाट गरेको अध्ययन र अनुसन्धानबाट हामी थप नजिक पुगेका छौं, छिट्टै दोषी सार्वजनिक हुन्छ ।’ उनले भने ।
उनीहरुको शव विभिन्न ४ ठाउँमा ६ वटा शव फेला परेको थियो । ८४ वर्षीय पार्वती कार्की, उनका छोरा ५२ वर्षीय छोरा तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती ५२ वर्षकै कमला कार्की, ३२ वर्षीय रञ्जना कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षकी गोमा कार्कीको ह,त्या भएको हो । पार्वती घरभित्र नै खाटमा मृ,त अवस्थामा फेला परेकी थिइन् । तेजबहादुर भेने घर बाहिर बाटोको भित्तामा मृ,त अवस्थामा भेटिएका थिए । बुहारी रञ्जना खोलामा, दुई नाबालिका बारी नजिकै घोप्टो परेको अवस्थामा फे,ला परेका थिए ।

 

Related Articles

Back to top button