समाचार

संखुवासभा ह,त्या बारे अहिले भर्खर यस्तो ताजा खबर आयो तुरुन्तै हेर्नुस, प्रहरीको आ,शं,का यिनिहरु माथी…..

संखुवासभाः संखुवासभामा एकैपरिवारका ६ जनाको ह, त्या घटनाको अनुसन्धानपछि प्रहरीले शव धरान पठाएको हो ।
प्रहरीले ६ वटै शव पो,स्ट मा,र्टमका लागि धरान पठाएको हो । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले शवको पो,ष्ट मा,र्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जानकारी दिए । ‘बिहानभर अनुसन्धान गरेर शव बीपी प्रतिष्ठानतर्फ पठाइएको छ ।’ उनले फोन सम्पर्कमा भने ।
सङ्घीय प्रहरी इकाई कार्यालय धरानका केही टोली शव लिएर फर्केको हो । सङ्घीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहाल भने घटनास्थलमै रहेका छन् । सो घटनाको अनुसन्धानका लागि डीएसपी लालध्वज पनि घटनास्थलमै छन् ।

ह,त्या गरिएको २४ घण्टापछि मङ्गलबार बिहानदेखि अनुसन्धान शुरु भएको हो । प्रहरीका अनुसार ६ जनाकै शवको टा,उको र केहीको विभिन्न ठाउँमा चो,ट समेत देखिएको छ । ६ जनालाई नै टा, उकामा प्र, हार गरेको देखिएको छ। सोमबार जिल्लाको मादी नगरपालिका १ स्थित उम्रिङ भन्ने स्थानका ६ जना मृत फेला परेका थिए ।
मृत अवस्थामा फेला पर्नेहरुमा सोही स्थान की ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय तेजबहादुर कार्की, ५२ वर्षीया कमला कार्की, ३२ वबर्षीया रञ्जना कार्की, ११ वर्षीय दिपेन कार्की र ७ वर्षीया गोमा कार्की रहेकी छन् । परिवारमा रहेका ७ जनामध्ये ९० वर्षीय बौद्धमान कार्की मात्र जीवित छन् । उनी आँखा पनि नदेख्ने र कामपनि नसुन्ने अवस्थाका रहेको बताइएको छ । तेजबहादुरका दुवैछोरा वैदेशिक रोजगारीका लागि कतार र मलेसियामा पुगेको प्रहरीले जनाएको छ । यस्तै, दुवै छोरीको विवाह भइसकेको छ ।
अहिलेसम्म केही रहस्य नखुलेको प्रहरीले जनाएको छ । उनीहरुको कसैसँग दु, श्मनी नरहेको समेत छिमेकीहरुले बताएका छन् । प्रहरी स्रोतका अनुसार ८० लाख मूल्य पर्ने जग्गा झापामा किनेको र सो जग्गा पास गर्ने सुरसारमा ती परिवार रहेको थियो । उनीहरुले केही रकम बैना समेत गरेको छिमेकीले जानकारी दिएका छन् । तीजपछि जग्गा किन्ने योजनामा त्यो परिवार रहेको जनाइएको छ ।
बाहिरी जिल्लाका अपराधीहरुले त्यहाँ पुगेर ह,त्या गरेका हुन् वा जिल्लाभित्रैका अ,प,राधी सं,लग्न थिए भन्ने पनि खुलिसकेको छैन । स्थानीयले घटनामा पेशेवर डा,काको संलग्नता रहेको आँकलन गर्दै आएका छन् भने प्रहरीले चिनजानकै व्यक्तिबाट घटना घटेको हुनसक्ने आँकलन गरेको छ ।

Related Articles

Back to top button